१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

18.87°C

काठमाडौं

18.87°C

Kathmandu

Feels-like: 17.57

Wind: 4.63

Humidity: 29

Latest
सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल प्रधानमन्त्रीको प्रश्नः नयाँ राजनीतिक दलहरु क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरुको पछि किन लाग्नुहुन्छ ? समाजवादी मोर्चाको बैठक जारी एन्फाको वार्षिक बजेट डेढ अर्ब प्रतिपक्षीलाई प्रधानमन्त्रीको चेतावनीः प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्नूस् प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो ४७ वर्ष जेलमा बसेका वृद्ध निर्दोष ठहर, २० करोड क्षतिपूर्ति कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय मागः एमाले प्रमुख सचेतक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम



अ+ अ-

वीरगञ्ज, (पर्सा) । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुङ्गटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनुभयो । पदाधिकारीमध्ये सहसचिव पदका लागि मात्र मतदान भएको थियो । सङ्घको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ ।