१६ असार २०८३, मंगलवार
,
Latest
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि उपकुलपति कार्यालयमा तोडफोड, नेविसंघका कार्यकर्ता पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले तोडफोड गरेका छन् । मंगलबार नाराबाजी गर्दै त्रिवी पुगेको नेविसंघ कार्यकर्ताले तोडफोड र ढुंगामुढा गरेका हुन् ।

प्रहरीले तोडफोडमा संलग्न भएको आशंमा नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर पक्राउ परेका छन् ।

महामन्त्री दीपक भट्टराईले उनीहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।