७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्पादनको मूल्य नपाउनु दक्षिण एसियाली देशका किसानको साझा समस्या



अ+ अ-

काठमाडौँ। दक्षिण एसियाली क्षेत्रका किसानले उत्पादनको मूल्य नपाउने साझा समस्या भोगिरहेका भन्दै यसको समाधान हुनुपर्नेमा जोड दिइएको छ ।

दक्षिण एसियाली किसान महासङ्घले हालै काठमाडौँमा आयोजना गरेको सम्मेलनका घोषणापत्र सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा किसानले उत्पादनको मूल्य नपाउँदा बैंकबाट लिएको कर्जा तिर्न नसकी पेसाबाटै पलायन हुने अवस्था आएको बताइयो । हालको कृषि प्रणालीले माटोको स्वास्थ्य र जलवायु परिवर्तनमा असर गरेकाले यसलाई फेर्नुपर्ने जोड दिइएको महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिनुभयो ।

रासायनिकबाट प्राङ्गारिक खेतीमा जानुपर्ने, किसानको शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्नेमा पनि आठै देशका किसान प्रतिनिधिले जोड दिएका त्यस अवसरमा जानकारी दिइयो । दक्षिण एसियाली देशका किसानले सिधै उपभोक्तालाई बेचबिखन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिनुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ ।

सम्मेलन चैत ७ र ८ गते काठमाडौँमा सम्पन्न भएको थियो । सम्मेलनले २४ बुँदे घोषणापत्र र चार बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । रासस