८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल

सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल
अ+ अ-

काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको छ ।

छलफलपश्चात् समितिबाट विधेयककोे दफा २१ देखि दफा २६ सम्म पास भएको छ । समिति सभापति अम्मरबहादुर थापाले परिच्छेद–९ का छ दफा पास भएको जानकारी गराउनुभयो ।

दफा २१ मा प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने र कुलपति विश्वविद्यालयको प्रमुख हुने तथा दीक्षान्त समारोहको अध्यक्षता गर्ने, विश्वविद्यालयको निरीक्षण गर्ने वा आवश्यकताअनुसार निर्देशन दिन सक्ने भन्ने व्यवस्था रहेको छ ।

यसैगरी दफा २२ मा सहकुलपति शिक्षामन्त्री हुने र सहकुलपतिले विश्वविद्यालयको निरीक्षण गर्न, गराउन र आवश्यकताअनुसार निर्देशन दिन सक्ने भनिएको छ । दफा २३ मा उपकुलपति नियुक्ति र २४ मा उपकुलपति नियुक्त हुन नियमको व्यवस्था गरिएको छ ।

यसैगरी दफा २५ मा सभाले उपकुलपतिको नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने र २६ मा उपकुलपतिको काम, कर्तव्य र अधिकारको व्यवस्था रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रधानमन्त्री कुलपति रहने व्यवस्थाप्रति सबैको एकमत रहेकाले यही धारणालाई अवलम्बन गरेर जान सकिने बताउनुभभो । उहाँले भन्नुभयो,“उपकुलपति प्रतिस्पर्धी बनाउँ भन्ने विषयमा विज्ञ नै छनोट गर्ने भन्ने छ । मेरिटबाट छनोट गर्नुपर्छ भन्ने अभ्यास सुरु गरिसकेछौँ, त्यसलाई अझै बढी स्वस्थ र स्वच्छ कसरी बनाउने भन्नेमा विधि निर्माण गरेर जाऔँ ।

लोकसेवाबाट भिसी, रजिष्ट्रार, डिन लिने भन्नेमा अन्तरराष्ट्रिय अभ्यासले पनि त्यति सान्दर्भिकता देखाउँदैन । मन्त्री भट्टराईले विश्वविद्यालयले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग  सहकार्य र समन्वय गर्नुपर्ने गरी व्यवस्था गर्न खोजिरहेको बताउनुभयो ।  रासस