
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजाको बारेमा कांग्रेस भित्र नै चुनाब गराउन चुनौति दिनु भएको छ ।
सभापति देउवाले राजधानीमा आयोजित एक कार्यक्रममा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ भन्ने अभिव्यक्ति दिनु भएको थियो ।
उहाँले भन्नुभएको थियो ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दु:ख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’
देउवालाई जबाफ फर्काउदै शाहीले भन्नुभयो जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू ।
उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ-
बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू।हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ। त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापति सँग सपथ खाँदै बन्नुभएको हो ?
जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ? हिम्मत छ ?