२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान दिवसमा दूतावासमा झण्डोत्तोलन



अ+ अ-

काठमाडौं । पाकिस्तानको ८५औं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा झण्डोत्तोलन गरिएको छ ।

कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच हाशमीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभयो । यस अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीका सन्देशहरू वाचन गरिएको थियो ।

राष्ट्रपति आसिफ अली जरदारीले राष्ट्रिय दिवसको अवसरमा सबैलाई बधाई दिँदै पाकिस्तानका संस्थापकहरू र पाकिस्तान आन्दोलनका कर्मठ कार्यकर्ताहरूको योगदानको सम्मान गर्नुपर्ने सन्देशमा उल्लेख छ । उहाँले एकता, विश्वास, र अनुशासनका सिद्धान्तहरू अवलम्बन गर्दै राष्ट्रिय सुरक्षालाई सुदृढ पार्ने, आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने, कृषि क्षेत्रलाई अगाडि बढाउने, ऊर्जा सुरक्षालाई सुनिश्चित गर्ने, र युवाका लागि अवसरहरू सिर्जना गर्ने लक्ष्य राख्नुपर्ने बताउनु भयो । साथै, पाकिस्तानले शान्तिपूर्ण सहअस्तित्व, क्षेत्रीय स्थायित्व, र विश्वव्यापी सम्बन्धहरू सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्दै जम्मु(कश्मीर तथा प्यालेस्टाइनका जनताको आत्मनिर्णयको संघर्षमा समर्थन रहेको दोहोर्‍याउनु भयो ।

प्रधानमन्त्री मोहम्मद शहबाज शरीफको सन्देशमा आफ्नो सन्देशमा २३ मार्चलाई दक्षिण एसियाली इतिहासमा महत्वपूर्ण मोडको रूपमा स्मरण गर्दै, ८५ वर्षअघि मुस्लिम नेताहरूको नेतृत्वमा स्वतन्त्र मातृभूमि निर्माण गर्ने संकल्पलाई बलियो बनाएको उल्लेख छ ।

समारोहमा राजदूत हाशमीले समुदायका सदस्यहरू र कर्मचारीहरूलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले नेपालमा बसोबास गर्ने पाकिस्तानी समुदायलाई स्थानिय समाजसँग घनिष्ठ सम्बन्ध राख्न र नेपाल-पाकिस्तान मित्रतालाई अझ उचाइमा पुर्याउन योगदान दिन आग्रह गर्नुभयो ।