२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु



अ+ अ-

विराटनगर । प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा देश भरीका प्रेस चौतारी आबद्ध पत्रकारहरू भेला भएका छन् । अधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार जम्मा भएका प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमालेका केन्द्रीय नेताहरू, पत्रकारहरूका विभिन्न पेसागत संगठनका नेताहरू लगायतको सहभागिता रहेको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्माररिका विमोचन गरिएको छ । प्रेस चौतारी नेपालले घोषणा गरेको विभिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएकाे छ । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।