४ बैशाख २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीको महाधिवेशन आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालको महाधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । महाधिवेशनको नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

महाधिवेशनका लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर पुगेका छन् । चौतारीको मातृ पार्टी नेकपा एमालेका नेता तथा महाधिवेशन प्रतिनिधिहरू समेत आउने क्रम जारी छ ।

महाधिवेशनमा झन्डै ९ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई आज र भोलिका लागि खाना र आवासको व्यवस्था गरिएको छ ।

चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले भावी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ ।