१४ चैत्र २०८१, बिहीबार
March 27, 2025 Thursday
Latest
क्रोएसिया युक्रेनको सेनामा सहभागी हुनेछैन : राष्ट्रपति आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल ट्रम्पको अटो भन्सार शुल्क र दुवै महादेशका लागि आर्थिक खतरालाई लिएर युरोपद्वारा आलोचना भोलि तिनकुनेमा जम्मा हुन कमल थापाले पनि गरे अपिल खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत- मुख्यमन्त्री सतिशकुमार सिंह प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो भवनको भर्‍याङ् निर्माणमा लापर्वाही देखिएपछि भत्काउन र थप काम रोक्न समितिको निर्देशन ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति हवाई टिकटमा लगाइएको कर हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा आयोजना बैङ्कमा योजना जम्मा गरिँदै



अ+ अ-

कटारी।  कोशी प्रदेश आयोजना बैङ्कमा योजना जम्मा गर्न सुरु गरिएको छ । प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयको सहकार्यमा आयोजना बैङ्कमा जम्मा गर्न सुरु गरिएको हो ।

आज यहाँ उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र नं २ मा पर्ने स्थानीय तहका पदाधिकारी, सरोकार भएकाहरूलाई आयोजना बैङ्कबारे अभिमुखीकरण तथा वार्षिक योजना तर्जुमा गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।

आयोगका सदस्य किशोर थुलुङ्ग राईले पहिलो पटक आयोजना बैङ्कमार्फत आयोजना सङ्कलन सुरु गरिएको बताउनुभयो । “बैङ्कमा जम्मा भएका योजनाको आवश्यकता र औचित्य हेरेर प्राथमिकीकरण गर्दै कार्यान्वयन गरिनेछ । त्यसैका लागि आयोजना बैङ्क बनाइएको हो”, उहाँले भन्नुभयो ।

यहाँको निर्वाचन क्षेत्र नं १ मा यसअघि नै आयोजना जम्मा गरिसकिएको छ । हाल प्रदेशका अन्य क्षेत्रमा पनि धमाधम आयोजना सङ्कलन भइरहेका आयोगका उपसचिव कृष्णकुमार न्यौपानेले जानकारी दिनुभयो । हाल  जम्मा गरिएका योजना आगामी आर्थिक वर्ष २०८२/८३ देखि २०८६ सम्ममा प्राथमिकताका आधारमा कार्यन्वयनमा लगिने बताउनुभयो ।

न्यौपानेका अनुसार आयोजना बैङ्कमा जम्मा हुने योजना प्रदेशले सञ्चालन गर्ने र त्यस्ता आयोजना रु पचास लाखमाथिका हुनुपर्नेछ । आगामी आर्थिक वर्षमा यस बैङ्कमा भएका आयोजनालाई मात्रै प्राथमिकीकरणमा राखेर योजना सञ्चालन हुनेछन् ।

कार्यक्रममा प्रदेशका पूर्वकृषि, सहकारी तथा उद्योगमन्त्री रामकुमार खत्रीले अल्पसङ्ख्यक र विगतमा पछि पारिएका समुदायलाई ध्यानमा राखेर आयोजना छनोट गरिनुपर्ने बताउनुभयो । तीनै तहको सहकार्य र समन्वयमा आयोजना सञ्चालन गर्न सके मुलुकको विकासमा योगदान हुने उहाँको भनाइ थियो ।

प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जा मगरले योजना लिपिवद्ध गर्दै कार्यन्वयनमा लैजानु महत्वपूर्ण काम भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी र सरोकार भएकाहरूको सामूहिक छलफलबाट एक हजारभन्दा बढी आयोजना जम्मा गरिएका थिए ।रासस