६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले देशमा शान्ति चाहिएको छ: पूर्वराजा शाह



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताउनु भएको छ ।

गोरखा दरबारस्थित गोरखकाली र गोरखनाथको दर्शन तथा पूजा अर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजा शाहले यस्तो बताउनु भएको हो । पूर्वराजा शाह आज बिहान गोरखा पुग्नु भएको थियो ।

उहाँले भन्नुभयो “गोरखा आएर मलाई खुसी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो। सबैलाई भेट्दा पनि खुसी लागेको छ। अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ।”

गोरखकाली मन्दिर शाहवंशीय राजाहरुले कुलदेवताका रुपमा पुज्दै आएको छ । गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्दै शाहले भूकम्पपछि पुनर्निर्माण भएको गोरखा दरबारको अवलोकन समेत गर्नुभएको छ ।

गोरखा दरबारमा पूर्वराजालाई  स्थानीयले भब्य स्वागत गरेका थिए । उहाँका समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।