८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइयो

भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइयो
अ+ अ-

काठमाडौँ: काठमाडौँस्थित भारतीय राजदूतावासद्वारा शुक्रबार साँझ एक समारोहकाबीच ६०औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभवलाई स्मरण गर्दै विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असङ्ख्य पहलको लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताअनुसार थप अनुकूलित कार्यक्रम प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्वविद्यार्थी सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव सुनाउनुभयोे ।

समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्वारा समर्थित प्रख्यात कलाकार कुलेश्वरकुमार ठाकुरको नेतृत्वमा भारतको सांस्कृतिक समूह ‘यज्ञ’द्वारा मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुति गर्नुका साथै नेपालको प्रख्यात कान्त दब दब ब्यान्डद्वारा मन्त्रमुग्ध वाद्य लोक फ्युजन र ज्याज प्रस्तुत गरियो ।

सो अवसरमा सांसद, वरिष्ठ सरकारी अधिकारी, आइटेकका पूर्वविद्यार्थी र भारतीय शैक्षिक संस्थाका नेपाली पूर्वविद्यार्थी उपस्थित थिए ।

अन्तरराष्ट्रिय क्षमता निर्माणका लागि पुरानो संस्थागत व्यवस्थामध्ये एक रहेको आइटेक सन् १९६४ मा स्थापना भएका हो । जसले १६० भन्दा बढी देशका दुई लाख बढी अधिकारीलाई तालिम दिएको छ ।

सन् २०२४–२०२५ मा नेपालका ५१० जना विभिन्न  पेशाकर्मीलाई भारतका विभिन्न प्रमुख संस्थानमा विभिन्न कोर्षको लागि तालिम दिइएको थियो ।

सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानमा नेपालका चिकित्सक (५०), सरकारी वकिल (३०), राष्ट्रिय न्यायिक प्रतिष्ठानका सदस्य (१५), नेपाल प्रहरी (१४३), सशस्त्र प्रहरी बल (८०), गृह मन्त्रालय (२४), खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्षको व्यवस्था गरिएको थियो । नेपालबाट विगत १५ वर्षमा तीन हजारभन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ ।रासस