५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सर्वाेच्चका न्यायाधीश खतिवडा र फुयाँल ‘सेल्फ आइसोलेसनमा, सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

सर्वाेच्चका न्यायाधीश खतिवडा र फुयाँल ‘सेल्फ आइसोलेसनमा, सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
अ+ अ-

काठमाडौं । सर्वाेच्च अदालतमा  न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँल  ‘सेल्फ आइसोलेसन’ मा बस्नु भएको छ । बुधबार सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै न्यायधीश खतिवडाले  ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी गराउनु भएको हो ।  

खतिवडाले लेख्नु भएकाे छ, श्रावण २२ गते बिहीबारसम्म मेरो सुरक्षाका लागि खटिएका एकजना तामाड थरका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखियो । नमुना २६ गते दिएको र  नतिजा आज करिब १ः३० बजे थाहा भयो ।  त्यसैले शंकाको अवस्था पैदा भएको छ। मैले आफूमा संक्रमणको लक्षण वा असहजता अहिलेसम्म महशुस गरेको छैन । आशा छ, मलाई संक्रमण भएको छैन होला । तथापी  सतर्कता र सावधानी अपनाउन आवश्यक ठानेर अहिले म आफ्नै निवासमा सामाजिक दुरी कायम राखेर बसेको छु ।  स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीहरुसंग सम्पर्क र प्रारम्भिक परामर्श भएको छ ।  थप नयाँ कुरा भएमा यथा समयमा सम्प्रेषण  गरिने नै छ ।  

यसलाई सहज  र सामान्य रुपमा लिइदिनु हुन सबै शुभेच्छुक प्रियजनमा अनुरोध छ । न्यायाधीश खतिवडासंग एउटै ईजालासमा रहनु भएका अर्का न्यायाधीश हरि फुयाँल पनि ‘सेल्फ आइसोलेसन’मा बस्नु भएको छ ।  यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई पनि कोरोना संक्रमण देखिएका कारण  ‘सेल्फ आइसोलेसन’ मा रहनु भएको छ ।