२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो

नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन हुँदैनः प्रम ओली

नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन हुँदैनः प्रम ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा बुधबारबाट सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वार्ता दिँदै नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरे।

‘म कसैप्रति आरोप लगाइरहेको छैन। अस्ति पत्रकार सम्मेलन भयो। मैले कुनै जवाफ पनि दिइनँ। तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ। म चुप लागेर बसेको छु। त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ। मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो। भोलि १ भनेर गन्न सुरु गर्नुहोला।’

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधबारै काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टीभित्र देखा परेका विषयमा सुझावका लागि भन्दै छलफल गरेका थिए। अर्कातिर दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भित्री रूपमा छलफल पनि बाक्लो बनाएका छन्। महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेट गरेका थिए। उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए। शंकर पोखरेल, जनार्दन शर्मालगायत नेताहरूले दुवै अध्यक्षसँगको छलफल बाक्लो बनाएका छन्। उनीहरूका छलफलबारे केही नखुले पनि प्रधानमन्त्रीले अबको ५ दिनमा ‘सिनारियो नयाँ देखिने’ बताएपछि छलफल सकारात्मक रहेको अनुमान लगाउन थालिएको छ।

ओलीले आफू तत्कालीन एमालेको बहुमतबाट निर्वाचित अध्यक्ष भएको र पार्टीमा तत्कालीन दुई पार्टीका अध्यक्ष महाधिवेशनसम्मका लागि अध्यक्ष रहने गरी व्यवस्था गरिएको प्रष्ट पारे। उनले ५ वर्ष सरकार पनि यही निरन्तर रहने बताए। ‘हामीबीच प्रतिबद्धता थिए। हामीले बीचमा थप केही सम्झौताहरू गर्‍यौं। सहमतिहरू थप गर्‍यौं, बनायौं। मेरो तर्फबाट कुनै माग छैन। जो थप सहमतिहरू भए ती प्रचण्डजीले नै भन्नु भएकोले भएका सहमतिहरू हुन्। मेरो तर्फबाट प्रस्ताव गरिएको सहमति होइन। त्यो उहाँले पनि पटकपटक भन्नुभएको छ। हामीले के भन्यौं भने ५ वर्ष नै यो सरकार रहन जरुरी छ,’ प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भने, ‘अहिले सरकारको निरन्तरता चाहियो। स्थायित्व चाहियो। जनताको आकांक्षा पनि त्यही छ। कहिल्यै ५ वर्ष सरकार टिकेन। टिक्न दिइएन। यो खालका प्रवृत्तिहरू उठ्न, झांगिन दिनु हुँदैन र सफल हुन दिनु हुँदैन।’

प्रधानमन्त्री भएर पनि गुट चलाउने भन्ने प्रश्नमा ओलीले भने, ‘म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो ? गएको चुनावमा एउटा गुट चलाएको देख्नुभयो कि मेचीकाली अभियान चलाएको देख्नुभयो ? मेचीकाली जनसागर उर्लेको देख्नु भएन ? देश ड्राइभ गर्न हिँडेको मान्छे सानो गुट चलाएको देख्नुभयो ? म संसदीय दलको नेता पनि निर्वाचन जितेर आएको हुँ। अध्यक्ष पनि लडेर भएको हुँ। मभन्दा अघि त लड्ने चलन थिएन नि।’ ६५ वर्षकै उमेरमा आफूले राजनीतिबाट सन्न्यास लिन खोजे पनि परिस्थितिले नदिएको ओलीको भनाइ छ। ‘मलाई आफूले बोलेका शब्दबाट पछाडि हट्न आउँदैन। मेरो कठिनाइ त्यो छ। तर, मेरा इच्छाहरू कहिलेकाहीँ परिस्थितिले फरक पार्छन्’, प्रधानमन्त्रीले भने, ‘मैले ६५ वर्षको उमेरमा अवकाश लिन खोजेको थिएँ। तर परिस्थितिले दिएन। मेरा साथीहरूले त्यो इजाजत मलाई दिएनन्। मेरो इच्छा थियो। मैले साथीहरूलाई भनेको हुँ। तर मेरो इच्छालाई साथीहरूले मानेनन्। म अध्यक्ष भइसकेको थिएँ। त्यो अवस्थाबाट छोडेर हेर्दा राम्रो देखिएन।’

प्रधानमन्त्रीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मका विषय भारतसँग संवादमार्फत तथ्यका आधारमा टुंग्याउने गरी सरकार अगाडि बढिरहेको बताए। उनले भने, संवादबाटै टुग्ंयाउनुपर्छ भन्ने पक्षमा हामी छौं। सम्बन्धलाई सुधार्नुपर्छ। त्यसका लागि वार्ताका माध्यमबाट टुंग्याउनुपर्छ। म तपाईंलाई विश्वास दिलाउन चाहन्छु, वार्ताका माध्यमबाट यो टुंगिन्छ।’

अयोध्या र भगवान् रामका विषयमा आफ्नो अभिव्यक्तिलाई लिएर आत्तिनुपर्ने र आक्रोशित हुनुपर्ने विषय नभएको प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्रीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले गरिरहेको काममा कुनै भ्रष्टाचार भएको भए जोसकुै भए पनि कारबाही गरेर छोड्ने प्रतिबद्धता जनाए। आफूले सञ्चारमाध्यममा आएका र विभिन्न व्यक्तिहरूले उठाइरहेका प्रश्नहरूको गम्भीरतापूर्वक अध्ययन गरिरहेको र त्यसमा दोषी देखिए कारबाहीको भागीदार बनाइने पनि बताए। अन्नपुर्णपोष्ट दैनिक