२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिकको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले कतिपय प्रतिष्ठानहरुले पारिश्रमिकको व्यवास्था पूर्णरुपमा परिपालन हुन नसकेको गुनासो आएको भन्दै उक्त ध्यानाकर्षण गराएको हो ।

सरकारले गत २०८० साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्युनतम मासिक पारिश्रमिक १७ हजार ३०० तोकेको थियो । त्यस्तै सरकार चिया बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्युनतम मासिक पारिश्रमिक महंगी भत्तासहित १३ हजार ८९३ तोकेको थियो । तर कतिपय प्रतिष्ठानहरुले सरकारले तय गरेको न्युनतम पारिश्रमिक समेत प्राप्त नगरेको गुनासो आएको विभागका प्रवक्ता मणिनाथ गोपले बताउनु भयो । विभागले अनियवार्य रुपमा श्रम अडिट गर्न समेत सबै प्रतिष्ठानहरुलाई आग्रह गरेको छ । प्रवक्ता गोपले कतिपय प्रतिष्ठानहरुले अडिटसम्बन्धी कानूनको पालना नगरेको गुनासो आएको उल्लेख गर्दै यस्तो नगर्न समेत सचेत गराउनु भयो । उहाँले बालबालिकाहरुलाई श्रममा नलगाई बालश्रम तथा बाध्यकारी श्रम निवारणको वातावरण निर्माणमा सहयोग पुर्याउन समेत आग्रह गर्नुभयो ।

उहाँले सबै राजगारतादा तथा श्रमिकहरुलाई अविलम्व सामाजिक सुरक्षा कोषमा आवद्ध हुन समेत अनुरोध गरेको छ ।