२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो

अस्पताल चुस्त रूपमा सञ्चालन गर्न प्रर्दशन

अस्पताल चुस्त रूपमा सञ्चालन गर्न प्रर्दशन
अ अ+ अ-

सिनेट बैठकको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलगायत वरिष्ठ चिकित्सकहरु राजधानीमा पुगेको बेला कोभिड १९ अस्पताल पुर्णरुपमा सञ्चालनमा नआएको बिषयलाई मुद्दा बनाउदै कांग्रेस कार्यकर्ताले दिनहुँ प्रर्दशन गर्न थालेका छन्। मंगलबार तरुण दल र नेवि संघले उपकुलतिको कार्यकक्षमा तालबन्दी गरेका थिए। उनीहरुले लगाएको ताला केही बेरमा प्रहरीले तोडेको थियो। बुधबार दिउँसो पनि तालाबन्दी गर्न कांग्रेसका कार्यकर्ताहरु र्यालीसहित प्रतिष्ठान पुगेको थियो। मेन गेटमा ठुलो संख्यामा प्रहरी परिचालन भएको कारण कार्यकर्ताहरु उपकुलपति कार्यकक्षसम्म पुग्न सकेनन्। तर, प्रहरी र कांग्रेस युवा कार्यकर्ताहरुबीच केहीबेर धक्कामुक्की भएको थियो। प्रहरीले बीचैमा रोकेपछि कांग्रेस कार्यकर्ताहरुले प्रतिष्ठानमा विरोध सभा गरेर फर्किएका थिए।  

तरुण दलका नगर अध्यक्ष हिमाल श्रेष्ठले जनताले उपचार नपाएर घरमा नै बस्न बाध्य हुदा पनि उपकुलपति गम्भीर नभएकोले आन्दोलन गर्नुपरेको बताए। उनले ३ महिना अघि मुख्यमन्त्री ल्याएर कोभिड १९ अस्पताल उद्घाटनको नाटक मात्र गरेको बताउदै अहिलेसम्म सञ्चालनमा नआउनु दुःखद भएको बताए। ‘कोभिड १९ अस्पतालअहिलेसम्म सञ्चालनमा आएन, धरानका संक्रमितहरु घरमा नै छन्,’उनले भने,‘भिसि र पदाधिकारीहरु गैरजिम्मेवार भए। जनता कोरोनाले आक्रान्त छ, पदाधिकारीहरु स्वार्थ पुर्तिको लागि बैठक बस्न काठमाण्डौं गएका छन्।’  

नेवि संघ र तरुण दलले तत्काल कोभिड १९ अस्पताल सञ्चालनमा ल्याउनुपर्ने, सिनेट बैठक स्थगित गरेर पदाधिकारीहरु प्रतिष्ठान फर्केर कोरोना नियन्त्रण, रोकथाममा गम्भीरतापुर्वक लाग्नुपर्ने, कोभिड १९ अस्पतालमा २५ प्रतिशत बेड धरानबासीलाई अनिवार्य छुट्याउनु पर्ने लगायत माग राखेका छन्।  

अतिजरुरी बैठक होः उपकुलपति
वीपी प्रतिष्ठानका उपकुलपित प्रा.डा. ज्ञानेन्द्र गिरीले भने अतिजरुरी सिनेट बैठक भएकोले काठमाण्डौं आउनु परेको बताए। आफु नभए पनि प्रतिष्ठान सिस्टम र टिमले चल्ने भएकोले समस्या नभएको उनको भनाई छ। ‘वीपीलाई सरकारले लेभल ३ अस्पताल भनेको हो। त्यहाँ लक्षणयुक्त विरामीको मात्र उपचार गरिन्छ। हामीले गरिरहेकै छौं,’उपकुलपति डा।गिरीले भने,‘अति जरुरी भएर बैठक गर्नुपरेको हो।’ उपकुलपति गिरीका अनुसार प्रतिष्ठानको चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम अनुमोदन गर्नुपर्ने भएकोले यो सिनेट बैठक अतिजरुरी छ। मैले अनियमितता गरेको छैन, र गर्न दिने पनि छैन।’ कोभिड १९ अस्पताल सामान्य खालको नभै अप्रेशन कक्ष, भेन्टिलेटरसहितको आइसियु, प्रसुती गराउने कक्ष, बच्चाको उपचार कक्ष, डाइलाइसिस गराउनेलगायत सबै सेवा सुविधायुक्त बनाउनुपर्ने भएकोले पनि समय लागेको उनले बताए।  

राजनीतिक हस्तक्षेप नगर्न शिक्षक समाजको आग्रह
वीपी प्रतिष्ठान कांग्रेस भातृ संगठनहरुको प्रर्दशन र तालाबन्दी भएकोप्रति चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समाजले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै कुनै पनि वहानामा कुनै अमुक पार्टीको भातृ संगठन भित्र छिरेर उपकुलपतिको कार्यालयमा ताला लगाउन निन्दनीय कार्य भएको जनाएको छ। स्वास्थ्य संस्थालाई दलको आन्दोलन गर्ने वा क्रिडास्थल नबनाउन आग्रह गर्दै समाजले प्रतिष्ठानसँग सम्बन्धित सल्लाह, सुझाव वा असहमति भए सम्बन्धित ठाउँमा लिखितरुपमा राख्न पनि आग्रह गरेको छ। समाजका अध्यक्ष डा. विष्णु पोख्रेल र महासचिव डा. एसपी रिमालले जारी गरेको विज्ञप्तीमा आउदा दिनमा कुनै पनि राजनीतिक भातृ संगठनको हस्तक्षे हुने वातावरण नगर्न आग्रह गरिएको छ। नागरिक दैनिक