२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं अदालतको आदेशविरुद्ध रवि लामिछाने आज उच्च अदालतमा जाँदै



file photo
अ+ अ-

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिाने आज उच्च अदालतमा जाने भएका छन् ।

काठमाडौं जिल्ला अदालतले गत माघ २ गते रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । सो आदेशविरुद्ध पुनरावेदन निवेदन लिएर लामिछाने आज ११ बजे उच्च अदालत पाटनमा जाने बताइएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न गत माघ २ गते काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

तर धरौटी लिने अदालतको निर्णयविरुद्ध उनी उच्च अदालतमा जान लागेका हुन् । उनले साधारण तारिखको माग गर्ने छन् ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।