काठमाडौं । बुधबार निधन भएका पत्रकार बलराम बानियाँको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएकाे छ । उनकाे शव गएराति नै हेटाैंडाबाट काठमाडाैं ल्याइएकाे थियाे ।
पोष्टमार्टमपछि आजै २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ ।
गत सोमबारदेखि परिवार तथा कार्यालयमा सम्पर्क नभएका बानियाँको शव मंगलबार मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा फेला परेको थियो ।
काठमाडाैं बल्खु खाेलाबाट हराएका भनिएका बानियाँका बारेमा प्रहरी र स्थानीयका फरकफरक भनाइ सार्वजनिक भइरहेकाे अवस्थामा सामाजिक संजालमा भने मृत्यु रहस्यमय र शंकास्पद रहेकाे भन्दै उच्चस्तरकाे छानबिन गर्न माग भइरहेकाे छ ।










