११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार बानियाको मृत्युबारे छानविन गर्न डा.महतको माग



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कान्तिपुरमा कार्यरत बरिस्ठ पत्रकार बलराम बानियाको निधन संकास्पद रुपमा भएको भन्दै यस घटनाको छानविन हुनुपर्ने माग गरेका छन् । आज आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्- शंकास्पद परिस्थितिमा उनको निधन भएकोले गम्भीर छानबिनको माग पनि गर्दछु । 

डा.महतले पत्रकार बानियाको दुःखद निधनले हामी सबैलाई धेरै दुखी बनाएको छ भनेका छन् । उनले भनेका छन्- म सम्पुर्ण शोककुल परिवारजनमा समवेदना व्यक्त गर्दै आत्त्माको चिर शान्तिको कामना गर्दछु । 

सहमहामन्त्री डा महतले पत्रकार बानियालाई लोकतान्त्रिक मुल्य  र  मान्यताप्रति  प्रतिबद्द्ध र निर्भीक पत्रकारिताका लागि परिचित नाम भनेका छन् । 

दुई दिनदेखि सम्पर्कविहीन पत्रकार बानियाको शव मकवानपुरमा भेटिएको थियो । उनको निधन संकास्पद रहेको सर्वत्र बताइएको छ । पत्रकार बानियाको शव पोस्टमर्टमका लागि आजै त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो ।