२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

सिरहाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

सिरहाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु
सांकेतिक तस्बिर
अ अ+ अ-

विराटनगर । कोरोना भाइरसको संक्रमणबाट सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको बिहीबार राति विराटनगरमा मृत्यु भएको छ। विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत उनको राति ८ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए। उनलाई उपचारका लागि मंगलबार उपचारका लागि विराटनगर ल्याइएको थियो। कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेर परीक्षणका लागि स्वाब संकलन गरिएको भए पनि रिपोर्ट भने बिहीबार साँझ ७ बजेमात्रै आएको थियो। 

कोरोना रिपोर्ट पोजिटिभ आएको एक घण्टापछि नै उनको मृत्यु भएको डा। दासले बताए। उनकाअनुसार मृतक पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो। उनको शरीरमा रगतको पनि कमी देखिएको जानकारी डा. दासले दिए। अवस्था गम्भीर बन्दै गएपछि ती पुरुषलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन खोजिएको थियो। तर धरानले संक्रमितले भरिएका कारण बेड खाली नभएको जनाएपछि कोशीमै राखेर उपचारलाई निरन्तरता दिइएको दासको भनाइ छ। 

कोशी अस्पतालको आइसोलेसनमा कोरोनाका शंकास्पदलाई राखेर प्रारम्भिक चरणको उपचार मात्रै हुन्छ। प्रयोगशालामा स्वाब संकलन गरेर परीक्षणपछि रिपोर्ट पोजिटिभ आएमा त्यहाँबाट स्वास्थ्य अवस्था हेरेर कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र वा धरान रेफर गर्ने गरिएको छ। धरानमा भने कडा लक्षण देखिएका संक्रमितको उपचार गर्ने भेन्टिलेटरसहितको लेभल थ्री अस्पताल सञ्चालनमा छ। विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा लक्षण नदेखिएका सामान्य अवस्थाका संक्रमितको मात्रै उपचार हुन्छ। बिहीबार दिउँसो विराटनगर–१५ का ३० वर्षीय पंकज गुप्ताको पनि कोशी अस्पतालकै आइसोलेसनमा मृत्यु भएको थियो। तर मृत्यु भएपछि साँझ ७ बजे उनको कोरोना रिपोर्ट नेगेभिट आएको थियो।

कोरोनाको लक्षण देखिएका युवाको मृत्यु भए पनि रिपोर्ट नेगेटिभ आएको भन्दै शंका लागेर चिकित्सकले अर्को पटक पनि स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाएका छन्। तर त्यसको रिपोर्ट भने आइसकेको छैन। सिरहाका पुरुषको ज्यान गएसँगै कोरोनाका कारण कोशी अस्पतालको आइसोलेसनमा मृत्यु हुनेको संख्या छ पुगेको छ। यसअघि विराटनगर–९ का दुई जना, विराटनगर– ३ र ५ का एक–एक जना र रंगेली नगरपालिका– ८ का एक पुरुषको कोशीमै मृत्यु भएको थियो। अन्नपुर्णपोष्ट दैनिक