८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्छः गृहमन्त्री लेखक

असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्छः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाण्डौं : गृहमन्त्री रमेश लेखकले गत असोजमा बाग्मती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन तत्काल अघि बढाउने बताउनुभएको छ ।

बिहीबार सिंहदबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३० औं बैठकपछि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिदैं गृहमन्त्री लेखकले गत असोजमा भएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको आँकलन संकलन कार्य आगामी साताभित्रै सुरु गरिने जानकारी दिनुभयो ।

“गत असोज महिनामा बाग्मती, कोशी लगायतका प्रदेश लगायतका अरु ठाउँमा अविरल बर्षाका कारणले बाढी, पहिरो डुवानले जुन क्षति भएको थियो, अब तत्काल त्यसको क्षतिको विस्तृत क्षति आँकलन अघि बढाउने विषयमा छलफल भएको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ निजी आवासहरु अस्थायी बनाउने ठाउँमा अस्थायी र स्थायी बनाउने ठाउँमा स्थायी आवास बनाउने गरी अघि बढ्छौं ।”

उहाँले बैठकमा आगामी दिनमा विपद्बाट हुने सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयार रहदै आगामी दिनमा तयारीका साथ अघि बढ्ने विषयमा छलफल भएको छ बताउनुभयो ।

“ यसअघिको बैठकले पश्चिम नेपालको भूकम्प (डोटी अछाम र जाजरकोट) विस्तृत क्षति आकँलन नभएको ठाउँमा क्षति आँकलन गर्ने, क्षति आँकलन भएको ठाउँमा नीजि स्थायी आवास निर्माणको कार्य अघि बढाउने निर्णय गरेका थियौं ।” लेखकले भन्नुभयो–“पश्चिम नेपालको भूकम्पका बारेमा काम गर्नका लागि तीन वटा कार्यालय पनि म आफै गएर स्थापना गरेका छु, आजको बैठकमा त्यसका बारेमा जानकारी लिने काम भयो । पश्चिम नेपाल भूकम्पबाट उत्पन्न पीडा क्षति आँकलन गर्न बाँकी रहेको ठाउँमा विस्तृत क्षति आँकलन कार्य पनि दु्रत गतिमा अघि बढेको छ ।”

मन्त्री लेखकले क्षति आँकलन भएको ठाउँमा स्थायी आवास निर्माणको कार्य पनि अघि बढेको जानकारी दिनुभयो । “ जाजरकोटमा पनि पुर्ननिर्माण र पुर्नस्थापनको काम अघि बढेको छ । यहाँबाट अनुदान पठाउने काम प्रारम्भ भएको छ ।” उहाँले भन्नुभयो–“ डेढ दुई बर्षदेखि रोकिएको काम अहिले अगाडी बढ्यो । त्यसका बारेमा पनि समीक्षा भयो ।”

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, गृहसचिव गोकर्णमणि दुवाडी लगायत उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।