२० माघ २०८१, आईतवार
,
Latest
बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्ष पछि धकेलिन्छः अध्यक्ष… नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’ उदित नारायणले लाइभ शोमा एक युवतीलाई ओठमै किस गरेपछि… मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया



अ+ अ-

काठमाडौं । कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि सरकारका विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न मन्त्रालय, निकाय, आयोग तथा सचिवालयमा रिक्त सहसचिव र उपसचिवको संख्या पठाउन बिहीबार पत्राचार गरेको छ । मन्त्रालयले आगामी १० भदौभित्र सबै रिक्त पदको विवरण पठाउन ती निकायलाई पत्राचार गरेको हो ।

मन्त्रालयले पदपूर्ति प्रक्रियाका लागि रिक्त दरबन्दीको विवरण माग गरेकाले सहसचिव र उपसचिवमा लोकसेवा आयोगको वार्षिक क्यालेन्डरअनुसार नै परीक्षा हुन सक्ने देखिएको हो । मन्त्रालयका अनुसार हाल सबै निकायमा गरेर सहसचिवतर्फ अप्राविधिक (प्रशासन) तर्फ ५२ र प्राविधिक सेवा समूहमा ३० गरी ८२ बढी पद रिक्त छन् । उपसचिवतर्फ दुवै सेवा समूहमा गरी २ सयभन्दा बढी पद रिक्त छ । जसमा प्रशासन सेवाको १ सय ३० र अप्राविधिक सेवाको ७० बढी पद रिक्त रहेको मन्त्रालयले जनाएको छ । दुुवै सेवा समूहमा गरी सहसचिवतर्फ ८२ र उपसचिवतर्फ २ सय जना गरी २ सय ८२ पदका लागि परीक्षा हुने देखिएको हो ।

सामान्यको सो मागपत्रअनुसार अब सबै निकायले आफ्नो निकायमा रिक्त सहसचिव र उपसचिवको पद संख्या पठाउनु पर्नेछ । त्यसरी पठाइएको पदसंख्याका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदपूर्तिका लागि लोकसेवासमक्ष सिफारिस गर्ने कानुनी प्रावधान छ । लोकसेवा आयोगले आफ्नो वार्षिक परीक्षा क्यालेन्डरअनुसार नै सहसचिवदेखि खरिदारसम्मको परीक्षा सञ्चालन गर्नेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार नै सबैभन्दा पहिला सहसचिव र उपसचिवको रिक्त दरबन्दीमा पदपूर्तिका लागि सिफारिस गर्नेछ । मन्त्रालयले पठाएको रिक्त संख्याका आधारमा लोकसेवा आयोगले उपसचिव र सहसचिव छनोट प्रक्रिया थाल्नेछ ।

मन्त्रालयका अनुसार रिक्त पदसंख्या आएपछि सोही आधारमा लोकसेवा आयोगमा पदपूर्तिको लागि सिफारिस भएमा लोकसेवा आयोगले आगामी असोजमा सहसचिव र उपसचिवका लागि विज्ञापन गर्नेछ । त्यसरी गरिएको विज्ञापनअनुसार आयोगले सहसचिवका लागि आगामी मंसिरमा र उपसचिवका लागि पुसमा परीक्षा सञ्चालन गर्नेछ ।

झन्डै १५ सय अधिकृत पद रिक्त
संघीय सरकारका विभिन्न निकायमा गरी अधिकृत तहमा झन्डै १५ सय पद रिक्त रहेको छ । गत वर्ष आयोगले अधिकृत पदको परीक्षाको सम्पूर्ण कार्य गर्न नसकेकाले अधिकृतको रिक्त पदसंख्या बढेको हो । मन्त्रालयले सहसचिव र उपसचिवको माग संख्यापछि अधिकृतको रिक्त पदमा माग गर्ने र सोहीअनुसार अधिकृतको पनि पदपूर्ति प्रक्रिया अगाडि बढाउने बताएको छ । राजधानी दैनिक