८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिनुभएको छ ।

बुधबार एक भिडियो सन्देश जारी गर्दै ओलीले विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गर्नुभएको छ । ‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन, यस पटक मैले तपाईँहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको छु’, ओलीले भन्नुभएको छ ।

पहिला पहिला एसइईलाई फलामे ढोका भनिने भएकाले पनि त्यसले विद्यार्थीलाई त्रास बढाउने गरेको उहाँले बताउनुभयो । तपाईँहरू परीक्षासँग नतर्सिनुस्, परीक्षा जीवनका कदम कदममा मोड मोडमा आइरहने चिज हो, धेरै परीक्षा उत्तीर्ण गरेर तपाईँहरू यहाँ आइपुग्नु भएको छ, भविष्यमा पनि तपाईँहरूले अनेक परीक्षा पार गर्नुपर्ने छ’, उहाँले भन्नुभएको छ ।

उहाँले धैर्यताको साथ नआत्तिन राम्रो तयारी गरेर परीक्षा दिन आग्रह गर्नुभएको छ । अनिदो र थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भन्दै उहाँले त्यसबाट जोगिन आग्रह गर्नुभयो । ‘एसइईको परीक्षा आइहाल्यो, त्यस कारण तपाईँहरूसँग खेर फाल्ने समय छैन, मेरो धेरै धेरै शुभकामना छ, तपाईँहरू राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्, सबैमा धेरै धेरै शुभकामना’, ओलीले सन्देशमा भन्नुभएको छ ।