११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीकै यस्तो लापरवाही ! कारवाही गर्न जनताको माग



अ+ अ-

काठमाडौँ । देशमा यतिखेर कोरोना भाइरसको महामारी छ । विश्वका कतिपय देशले यसबाट बाहिरिने तयारी गरिरहेका बेला नेपालमा भने यो महामारीले राजधानी काठमाडौँमा धावा बोलिरहेको छ । सरकारले महामारीको प्रकोप कम भएको गलत आँकलन गरेर गएको साउन ७ गतेबाट लकडाउनलाई खुकुलो बनाएसँगै राजधानी कारोना भाइरसको हटस्पट बन्ने खतरा दिन प्रतिदिन बढ्दै छ । 
यो भन्दा कम खतरा विराटनगरमा पनि छैन । यहाँ पनि महानगरले लकडाउन गरेको छ तर भाइरस संक्रमितहरु दिनदिनै थपिएका छन् । आइसोलेसन बेड अभावका कारण प्रदेश १ मा एक सयभन्दा बढी कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भएको अवस्थाको समाचार आजकै अखबारहरुमा आएको छ । केही दिनयता देखि परीक्षण किटको अभावमा स्थिति भयावह हुनसक्ने प्रतिक्रिया विराटनगर महानगर प्रमुख भिम पराजुलीले दिइरहेका छन् । 

तर यो विषय परिस्थितिजस्तो गम्भीर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने छैनन् । उनले कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध लगाएको अवस्थालाई पनि मनन् गर्दैनन् । मुख्यमन्त्री राई विहीबार प्रतिबन्धित तीन वटा कार्यक्रमको प्रमुख अतिथि बनेपछि उनको यो लापरवाह र गैरजिम्मेवारी पनको हद नाघेको हो । उनको यो क्रियाकलापले आजित भएका प्रदेश नं १ का जनता तथा उपचार नपाएर घरमै बस्न बाध्य भएका संक्रमितहरुले पनि उनीमाथि आवश्यक कारवाही गर्न माग गरेका छन् ।
सामाजिक सञ्चालमा प्राप्त तस्वीरमा पनि देख्न सकिन्छ कि उनले कार्यक्रममा भौतिक दुरी कायम गरेका छैनन् ।

उपस्थित अरुमा पनि भौतिक दुरी कायम भएको छैन । आफ्ना कार्यकर्ताहरुको ठूलो भिडभाड जम्मा गरेर यसरी उनी यस्तो महामारीको बेलामा पनि रिबन काट्न र भाषणा गर्न हिँड्ने गरेका छन् । अझ अर्को विडम्बनाको कुरा त यो छ कि मुख्यमन्त्री राई आफैंले पनि मास्क लगाएका छैनन् । कार्यक्रममा सहभागीहरुमध्ये एकाधले मात्र मास्क लगाएका छन्, धेरैले मास्क चिउँडोमा लगाएका छन् । देशभरि मास्क नलउने लाखौँ सर्वसाधारणलाई सरकारले जरिवाना गरेर कारवाही गरेको छ तर त्यहाँ उपस्थित ठूलो संख्याको प्रहरी पनि मुकदर्शक भएको देखिन्छ ।  

तर मुख्यमन्त्रीले बिहीबार तीन तीन ठाउँमा कार्यक्रम आयोजना गर्न लगाएर कतै रिबन काट्ने त कतै भाषणा गर्ने गरेका छन् । हिजोका यी तीनै कार्यक्रमहरुमा भाषण गर्दै मुख्यमन्त्री राईले घरघरमा पुगेर सेवा प्रवाह गरेको दाबी गर्न भने छोडेनन् । बिहीबार कार्यक्रम उद्घाटन गर्न उनी झापासम्म पनि पुगे । उनले झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रमिण पूर्वाधार सडक परियोजना अन्तरगत निर्मित सडक उदघाटन गरेका थिए । समाचार स्रोतका अनुसार उनकै इच्छामा यो उद्घाटन कार्यक्रम राखिएको बुझिएको छ ।