काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज शुक्रबार पनि प्रम निवास बालुवाटारमा छलफल सुरु भएको छ ।
अधयक्ष ओलीसंग हिजो करिब चार घण्टा छलफल गर्नु भएका दाहालले आज बिहान पार्टी महासचिव बिष्णु पौडेल र नेता जनर्दन शर्मासंग दाहाल निवास खुमलटारमा छलफल गर्नुभएको छ ।
खुमलटारमा छलफल सकिएपछि अध्यक्ष ओलीसंग छलफल गर्न उहाँ बालुवाटार जानुभएको हो । अध्यक्ष ओलीसंगको छलफल पछि बिहीबार अध्यक्ष दाहालले नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र साँझ आफूहरु निकट प्रदेश पाँचका केन्द्रीय सदस्यहरुसंग छलफल गर्नुभएको थियाे ।
छलफलमा सहभागी नेताहरुका अनुसार विगतमा भन्दा यस पटक नेताहरु गम्भीर भएको र विषयवस्तुमा केन्द्रित रहेर छलफल गरेका कारण पार्टी भित्र देखिएको अन्योल हट्न सक्ने अवस्था रहेको बताइएकाे छ ।










