९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday
Latest
‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’ अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड लोकतान्त्रिक अपांग संघको निर्वाचनमा सत्ताको दुरुपयोग भयो: नेता घिमिरे सत्ताको कुकृत्यका कारण गणतन्त्र धरापमाः झलनाथ खनाल वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको उद्घोष गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ : ऊर्जामन्त्री खड्का प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर



अ+ अ-

दमौली । जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुनुहुन्छ । विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गर्नुभएका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गर्नुभएको हो ।

विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेको बताउँदै थापाले अहिले आफ्नै सात रोपनी जग्गामा खेती गरिरहेको जानकारी दिनुभयो । गाउँको जग्गा बाँझो भएका यहाँ आएर सागसब्जी खेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

थापाले भन्नुभयो, “अन्यत्र अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो । गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेकाले सन्तुष्ट छु ।” सुरुमा थानकोटमा जग्गा भाडामा लिएर सागसब्जी खेती सुरु गरेको भन्दै उहाँले त्यहाँ गोलभँेडा उत्पादन नभएपछि गाउँ फर्किएको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “खैरेनीटारमा गोलभेँडा उत्पादन भएन । जग्गाको भाडा तिर्ने खर्च पनि जुटाउन गाह्रो भएपछि माटोको परीक्षण र अनुसन्धान गरेँ । त्यहाँको माटो उपयुक्त नरहेको पाएपछि २०७९ सालमा गाउँ फर्किएँ ।”

अहिले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको थापाले जानकारी दिनुभयो । उत्पादित सागसब्जी बिक्रीका लागि बजारको समस्या नरहेको भन्दै उहाँले सिँचाइ अभाव भएकाले ४० हजार लिटरको पोखरी बनाएर प्रयोग गरिरहेको बताउनुभयो ।

दुई वटा टनेलबाट सुरु गरेको सागसब्जी खेतीलाई विस्तार गर्दै अहिले ११ वटा टनेल बनाएको थापाले बताउनुभयो । यहाँ बोडी, सिमी, काँक्रो, भिन्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेला उत्पादन भइरहेका छन् । उहाँले भन्नुभयो, “सागसब्जी कहाँ बिक्री गर्ने भन्ने समस्या छैन । दुलेगौँडा, खैरेनीटार, भिमादलगायत स्थानीयस्तरमा खपत भइरहेको छ ।” रासस