७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

13.57°C

काठमाडौं

13.57°C

Kathmandu

Feels-like: 11.61

Wind: 1.03

Humidity: 24

तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली लोकरकमा रमायो पृथ्वीकै तल्लो सहर



अ+ अ-

होबार्ट (अस्ट्रेलिया): एक त थोरै जनसंख्यात्यसमाथि बेलुकीको साढे ५ बज्नासाथ सारा बजार बन्द गर्नुपर्ने चलन छ । एन्टाकर्टिका महादेशनजिकै पर्ने अस्ट्रेलियाली टापु तास्मेनियाको राजधानी सुनसान भइसकेकै बेला मंगलबार एउटा कुनामा भने चर्को आवाजबीच ठूलो भिड नाचिरहेको थियो ।

त्यो ठाउँ थियो एक सय १० वर्ष पुरानो सभागृह ओडियन थिएटर’, जहाँ नेपथ्यले नेपाली लोकरक सुनाइरहेको थियो । रत्यहाँ दुई दिनपछि नै ख्यातिप्राप्त बेलायती गायक बब गेल्डफ प्रस्तुत हुनेवाला छन् ।   अस्ट्रेलियाको केन्द्रीय राजधानी क्यानबेराबाट सुरु भएको यस वर्षको शृंखलाबद्ध यात्रामा वेस्टर्न अस्ट्रेलियाको पर्थ र क्विन्सल्यान्डको ब्रिसबेनपछि तास्मेनियाको होबार्टमा नेपथ्यले प्रस्तुति दिएको हो ।

भरिभराउ हलमा नेपाली दर्शक सुरुदेखि नै रमाइलोसँग नाचिरहेका थिए तर त्योभन्दा पनि कम रमाइलो थिएन मार्टिन हिंगिन्स लगायतका थुप्रै विदेशी रमाइरहेको दृश्य ।

मार्टिन सुरुदेखि नै आफूलाई मञ्चको ठीक सामुन्ने राखेर प्रत्येक गीतमा उफ्रिँदै नाचिरहेका देखिन्थे । त्यस्तरी रमाउने व्यक्ति विदेशीजस्तो देखिएका नेपाली नै पो हुन् कि भनेर छेउमा गई अंग्रेजीमा के तपाईं नेपाली हो?’ भनी सोध्दा  जवाफ आयो, ‘होइनम बेलायती हो  । रकेही वर्षदेखि यहाँ अस्ट्रेलियामा बसेर काम गरिरहेको छु ।

भाषै नबुझी कसरी दुई घण्टासम्म लगातार नाच्न सकिन्छ ?’ कन्सर्टको चर्को आवाजबीच उनले जवाफ दिन अप्ठेरो माने र पछि कुरा गर्ने भन्दै आफ्नो मोबाइल नम्बर टिपाए ।

यहाँस्थित प्रसिद्ध संग्रहालय मोना म्युजियम मा काम गर्ने मार्टिन त्यसै स्थानमा काम गर्ने नेपाली साथीहरूबाट प्रभावित भएका रहेछन् । पोहोर मात्रै नेपाल गएर दुई महिना बसेको बेला उनलाई रेशम’ गीत असाध्यै मन परेको रहेछ ।

त्यसै पनि संगीतको विश्वव्यापी भाषा हुन्छ,’ कन्सर्ट सकिएपछि उनले मोबाइलमा प्रतिक्रिया दिए, ‘त्यसबाहेक त्यहाँ सबै जना सुरुदेखि झुमेर नाचिरहेको देख्दा म पनि स्वतः उनीहरूलाई साथ दिन पुगेँ ।

हलको पछिल्लो लहरमा ओछ्याइएको कुर्सीमै बसेर कन्सर्ट हेरेकी मार्गरेटले भने एकपटक पनि नेपाल जाने मौका पाएकी रहिनछिन् । उनलाई फरकफरक मानिस र तिनका फरक संस्कृतिमा रुचि रहेछ । पछिल्लो समय होबार्टमा उल्लेख्य संख्यामा नेपाली देखिन थालेको र आफूलाई उनीहरू मन पनि पर्ने गरेको उनले सुनाइन् । त्यही मेसोमा नेपालीको गीतसंगीत कस्तो हुँदो रहेछ भन्ने जिज्ञासाले आफूजस्तै पाका उमेरका चार अस्ट्रेलियाली साथीसँग कन्सर्ट हेर्न आएको उनले बताइन् । रमाइलो लाग्दै छ,’ उनको प्रतिक्रिया थियो ।

अस्ट्रेलियाकै सबैभन्दा शान्त यो प्रादेशिक राजधानीमा नेपालीको संख्या बढिरहेको छ । यस प्रदेशमै अंग्रेजीपछि सबैभन्दा बढी बोलिने भाषा नै नेपाली बन्न पुगेको स्थानीय रेकर्डले देखाउँछ । केही वर्षअघिसम्म दोस्रो बढी बोलिने भाषा चिनियाँ थियो तर भुटानी शरणार्थीको समेत आप्रवासन गराइएपछि र नेपालबाटै तन्नेरी पनि आउने क्रम बढेपछि चिनियाँलाई नेपालीभाषीको संख्याले उछिनेको हो ।

अस्ट्रेलिया आएको छ वर्षमा पहिलोपटक नेपथ्यलाई सुन्ने मौका आज पाएँ,’ कुनै समय कान्तिपुर टेलिभिजनमा काम गरेका सञ्चारकर्मी कञ्चन अर्याल भनिरहेका थिए, ‘कोशीको पानी र पचासै वर्षमा गीत मैले पहिलोचोटि आजै कन्सर्टमा सुनेँ ।
कञ्चन मोटरमा दुई घण्टा टाढा पर्ने लन्चेस्टनबाट परिवारसहित कन्सर्टमा आइपुगेका थिए ।

नेपथ्यले खोजीमा आधारित गीत तयार गर्ने भएकाले यो ब्यान्डसँग नयाँ के थपिएको छ भन्ने हुटहुटीले हेरूँहेरूँ पारिरहन्छ,’ उनी भनिरहेका थिए, ‘अर्को उल्लेखनीय पक्ष भनेको गायक अमृतले नेपालको सामाजिकराजनीतिक र सांस्कृतिक विषयमा व्यक्त गर्ने धारणा हो ।
जस्तो कि मंगलबारै पनि अमृतले शिरफूल गीत सुनाउनुअघि यो चैतमा उता डाँडाभरि चिमाल र लालीगुराँसको बास्ना फैलिरहेको होला । एकपटक मिलाएर भए पनि स्वदेश जानुस्’ भनिरहेका थिए । गाउँगाउँबाट उठ गाउने बेला देशलाई फेर्छु भन्ने नेताहरू आफैँ फेरिए’ भनेर दुखेसो पोखिरहेका थिए । त्यसै गरी भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौँ है’ भनिरहँदा पनि कञ्चनलाई उत्तिकै मनमा छोएको थियो ।

मंगलबारको कन्सर्टमा दर्शकको हुलमै स्थानीय आयोजक साजन परियार पनि थिए । दर्शक रमाएको देख्दा आनन्द आउने नै भयो,’ उनले थपे, ‘नेपथ्य कन्सर्ट आयोजना गर्दा धेरै कुरा सिक्ने मौका पनि मिल्छ ।

दर्शकदीर्घामै लठ्ठी टेकेर आएका ८१ वर्षीय केबी गुरुङ पनि थिए । नातिनातिनी भेट्न बेलायतबाट दुई साताअघि मात्र यहाँ आइपुगेका उनले यसअघि पनि धेरैपटक नेपथ्यको कन्सर्ट हेरेका रहेछन् ।
यहाँ आएको बेला पनि संयोग जुर्‍यो,’ उनले थपे, ‘यसपाला पनि उस्तै रमाइलो लाग्यो ।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुविन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।

होबार्टपछि ब्यान्ड तास्मेनिया टापुबाट मास्तिर उक्लेर एडिलेड सहर पुग्नेछ । त्यहाँस्थित हिन्डले स्ट्रिट म्युजिक हलमा मार्च २१ मा नेपथ्यको पाँचौँ कन्सर्ट हुनेछ । मार्च २४ मा मेलबर्नको फेस्टिभल हलमा नेपथ्य प्रस्तुत हुनेछ । त्यसपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ ।

पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको सहर सिड्नीस्थित होर्डन पभिलियन मा मार्च २९ को साँझ आयोजित कन्सर्टका लागि टिकट सोल्ड आउट’ इसकेको छ । शोका लागि सबै टिकट तीन साताअघि नै बिक्री भइसकेपछि दर्शकको चाहनालाई सम्मान गर्दै अर्को शो थपिएको छ । अब नेपथ्य साढे पाँच हजार क्षमताको होर्डन पभिलियन’ हलमा मार्च ३० मा पनि प्रस्तुत हुनेछ । त्यलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।