८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप
अ+ अ-

एजेन्सी । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा अस्वीकार गरेको आरोप लगाएको छ ।

युक्रेनले ऊर्जा ग्रिडमा आक्रमणहरू रोक्न मात्र सहमत भएको केही घण्टापछि मस्कोले नागरिक पूर्वाधारमा आक्रमणहरूको रिपोर्ट गर्दै उक्त आरोप लगाएको हो ।

वासिङ्टनले तीन वर्ष पुरानो युद्धको व्यापक समाधानतर्फको पहिलो कदमका रूपमा पूर्ण ३० दिनको युद्धविरामका लागि दबाब दिइरहेको छ ।

तर मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ९० मिनेटको कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो कुनै सम्झौता पश्चिमले युक्रेनका लागि सबै सैन्य सहायता रोक्नेमा निर्भर रहने कुरामा जोड दिँदै अस्वीकार गर्नुभयो ।

क्रेमलिनका अनुसार पुटिनले आफ्नो सेनालाई ३० दिनका लागि युक्रेनी ऊर्जा लक्ष्यहरू विरुद्धको आक्रमण रोक्न आदेश दिनुभएको छ ।

बहुप्रतीक्षित पुटिन–ट्रम्प कुराकानीबाट रुस र युक्रेनले बुधबार प्रत्येक एक सय ७५ कैदी आदान–प्रदान गर्ने घोषणा पनि भयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले प्रस्तावित ऊर्जा युद्धविरामलाई स्वागत गरे पनि वासिङ्टनबाट थप ‘विवरण’ चाहिएको पनि बताउनुभयो ।

अमेरिकी राजदूत स्टिभ विटकफले आइतबार जेद्दामा युद्धविराम वार्ता फेरि सुरु हुने र अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले गर्ने बताउनुभएको छ ।

मस्कोले युद्धभर युक्रेनको ऊर्जा पूर्वाधारमा विनाशकारी आक्रमणहरू गरेको छ भने युक्रेनले धेरै रुसी तेल प्रतिष्ठानहरूमा बम विस्फोट गर्न ड्रोनहरू प्रयोग गरेको छ ।

ट्रम्प र पुटिनले कुरा गरेको केही घण्टापछि नै युक्रेनमा विस्फोटहरू भयो र हवाई आक्रमणको साइरनहरू बज्यो ।

“सुमीको एक अस्पतालसहित विशेष गरी नागरिक पूर्वाधारमा आक्रमणहरू भएका छन्”, जेलेन्स्कीले भन्नुभयो, “रुसले रातको समयमा गरेका यस्ता आक्रमणहरूले हाम्रो ऊर्जा क्षेत्र, हाम्रो पूर्वाधार र युक्रेनीहरूको सामान्य जीवनलाई ध्वस्त पार्छ, आज पुटिनले पूर्ण युद्धविरामको प्रस्तावलाई प्रभावकारी रूपमा अस्वीकार गर्नुभयो ।”

सीमापार रूसी आपत्कालीन सेवाका अधिकारीहरूले युक्रेनी ड्रोन आक्रमणको भग्नावशेषले काभकाज्स्काया गाउँको एक तेल डिपोमा आगो लागेको बताए ।

किएभमा युद्ध–थकित युक्रेनीहरू कुनै पनि युद्धविरामको सम्भावनाबारे शङ्कालु थिए । “म पुटिनलाई बिल्कुल विश्वास गर्दिन, एउटा शब्द पनि । उहाँले केवल बल बुझ्नुहुन्छ”, ३२ वर्षीय लेभ शोलोडकोले भन्नुभयो ।

तयार छैन

पुटिनसँग आफ्नो ‘समझदारी’ रहेको भन्दै ट्रम्पले जनवरीमा ह्वाइट हाउस फर्केपछि युक्रेन युद्धमा सफलता खोज्दै आउनुभएको छ ।

युद्ध अन्त्य गर्न रुससँग प्रत्यक्ष वार्ता सुरु गरेको घोषणा गरेर उहाँले संसारलाई आश्चर्यचकित पार्नुभएको छ । सहयोगीहरू बीच उहाँ धेरै मस्कोतर्फ मोडिरहनुभएको डर छ ।

ट्रम्पले पुटिनसँगको आफ्नो पछिल्लो कुराकानीलाई ‘राम्रो र फलदायी’ भनेर प्रशंसा गर्नुभयो र ह्वाइट हाउसले एक वक्तव्यमा रुसी राष्ट्रपति ऊर्जा पूर्वाधारमा ३० दिने युद्धविराममा सहमत हुनुभएको बताएको छ ।

तर मस्कोले पूर्ण युद्धविराम युक्रेनको सङ्कटग्रस्त सेनालाई पश्चिमी सैन्य र गुप्तचर सहयोगको ‘पूर्ण बन्द’ का लागि लामो समयदेखिको मागहरूमा निर्भर रहेको पनि जोड दिएको छ ।

क्रेमलिनले एक वक्तव्यमा किएभ कुनै पनि युद्धविरामको अवधिमा पुनः हतियार वा गोलाबारुद हासिल गर्न नसक्ने कुरामा पनि जोड दिएको छ ।

गत हप्ता साउदी अरबमा वार्ताका क्रममा पूर्ण युद्धविराम प्रस्ताव स्वीकार गर्ने जेलेन्स्कीले सम्झौतामा पुग्न रुसले नचाहेको भन्दै आलोचना गर्नुभएको छ ।

“उनीहरू यो युद्ध समाप्त गर्न तयार छैनन् र हामी त्यो देख्न सक्छौँ”, उहाँले भन्नुभयो ।

गत वर्ष किएभले आंशिक रूपमा कब्जा गरेको क्षेत्रमा रुसी अग्रगमनको केही दिनपछि युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा ‘हामीलाई आवश्यक हुँदासम्म’ लडाइँ जारी राख्ने पनि जेलेन्स्कीले बताउनुभयो ।

हामीमाथि भरोसा गर्नुहोस्

रुसले मङ्गलबार युक्रेनी सेनाले बेलगोरोड क्षेत्रमा भूमि आक्रमणको प्रयास गरेको तर पछि धकेलिएको भन्दै यसलाई ट्रम्प वार्तालाई कमजोर पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

ट्रम्प युक्रेनमा युद्ध अन्त्य गर्ने चुनावी वाचा पुरा गर्न इच्छुक हुनुहुन्छ । उहाँले आफ्ना पूर्ववर्ती जो बाइडेनको रूसप्रतिको नीतिलाई युद्धलाई बढावा दिएको आरोप लगाउनुभएको छ ।

युक्रेनको दृढतापूर्वक समर्थन गर्ने वर्षौंको अमेरिकी नीतिलाई उल्टाउँदै ट्रम्पले एकदम फरक रणनीति अपनाउनुभएको छ । यो सबैभन्दा स्पष्ट रूपमा ओभल अफिसमा जेलेन्स्कीसँगको टेलिभिजनमा प्रसारित विवादमा देखिएको थियो ।

पुटिन युद्धविरामका लागि तयार हुनुहुन्छ भन्ने कुरामा पश्चिमी सहयोगीहरू अझै पनि शङ्कालु छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले क्रेमलिनको बयानपछि युक्रेनमा सैन्य सहायता पठाउने वाचा गर्नुभएको छ ।

“युक्रेनले हामीमाथि भरोसा गर्न सक्छ”, स्कोल्जले भन्नुभयो ।

वार्ताहरू चलिरहेका बेला युक्रेनको अग्रिम मोर्चामा रहेका सैनिकहरू पनि शङ्कास्पद रहेका छन् । “तपाईँमाथि आक्रमण गर्ने र बालबालिका सहित सर्वसाधारणको हत्या गर्ने मानिसहरूलाई तपाईँ कसरी विश्वास गर्न सक्नुहुन्छ रु, लडाइँमा घाइते भएपछि डोनेट्स्क क्षेत्रमा सैन्य प्रशिक्षणमा फर्केका ३५ वर्षीय ओलेक्सान्डरले भन्नुभयो ।