५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन भन्ने सन्देश प्रवाह गर्नुपर्छ’

‘नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन भन्ने सन्देश प्रवाह गर्नुपर्छ’
अ+ अ-

काठमाडौं । नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थान हुने नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशीले बताउनु भएको छ ।  

कोभिड १९ को असरले अहिले पर्यटन क्षेत्र पूर्ण रुपमा बन्द छ । त्यसैले लकडाउन पछि पर्यटन क्षेत्रलाई खोलिएको अवस्थामा नेपाल घुम्न सुरक्षित गन्तव्य हो भन्ने सन्देश बाह्य र आन्तरिक बजारमा पु¥याउनुपर्ने जोशीले बताउनुभएको छ । न्यूज एजेन्सी नेपालका सम्बाददातासँग कुराकानी गर्दै बोर्डका पूर्व कार्यकारी अधिकृत (सिइओ) जोशीले नेपाल भित्रका पर्यटन क्षेत्र घुम्न सुरक्षित छन् भन्ने सन्देश सरकार, निजी क्षेत्र र सरोकारवाला सबैले दिनुपर्ने बताउनुभएको हो । त्यस्तै कोभिडको असरपछि पनि नेपालको पर्यटन महंगो छैन भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा जोशीले जोड दिनुभयो । उहाँले भन्नुभयो ‘कोरोनाको महामारीपछि आफु जाने गन्तव्य कति सुरक्षित छ भनेर पनि हेर्नुपर्छ । त्यसका लागि हाम्रो एयरपोर्ट देखि, गाडि देखि, होटल देखि, रेस्टुरन्ट देखि घुम्ने साइटहरुमा आधाारभुत कुराहरु धेरै हाइफाइपनि खोजेको छैन पर्यटकहरुले । त्यहाँचाहिं एउटा सुरक्षा चाहिं छ भन्ने खालको कुरा उसले खोज्छ । दोस्रो के छ भने विभिन्न खालका झण्झटहरु थपिएका छन अहिले विभिन्न मापदण्डले गर्दा म जाने गन्तव्य महँगो भएको छ की भन्ने सोचाई हुन्छ । त्यो महँगो छैन है भन्ने हिसाबले हामीले एउटा बुझाउनु गर्नुपर्छ ।’ 

आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न सके पर्यटन क्षेत्र चलायमान हुने र यसले नेपाल खुल्ला छ भन्ने सन्देश बाह्य बजारमा पु¥याउने उहाँले बताउनुभयो । त्यसका लागि पर्यटन विभाग, पर्यटन बोर्ड तथा मन्त्रालयबाट अनुमति दिएर आन्तरिक पर्यटनलाई चलायमान बनाउनुपर्छ । उहाँले भन्नुभयो ‘हामीकोमा अहिले २ हजार मिटर भन्दा माथिको अल्टिच्युटमा यो केस अलमोस्ट मिल्छ । जस्तो अन्नपुर्ण क्षेत्रमा सेप्टेम्बर अक्टुबरबाट हाई ट्रेकिङ सिजन हो । बाहिरको हुँदैन भने नेपालीहरुलाई पनि ग्रीन जोनहरु बनाएर जाने वातावरण बनाउनुपर्छ । त्यसो भयो भने केही न केही भएपनि चलायमान हुन्छ र यसले आन्तरिक खुल्दा वित्तिकै नेपाल तयार छ है भन्ने सन्देश दिन्छ ।’

नेपालमा अहिले पनि विदेशबाट आउने मान्छे कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने नीति रहेको छ । तर यस्तो प्रावधानले पर्यटकहरु आउन नचाहने भएकाले पर्यटनको विकल्पको रुपमा क्वारेन्टाइनलाई नभइए पीसीआरलाई बताउनुपर्ने जोशीले बताउनुभयो । पर्यटकलाई आफ्ने देशमा नै पीसीआर टेस्ट गर्ने, नेपाल आएपछि पुनः पीसीआर टेस्ट गर्ने र सात दिन भन्दा बढी बस्ने पर्यटकलाई घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने जोशीको भनाई छ । उहाँले भन्नुभयो ‘हामीकोमा एउटा नीति के छ भने क्वारेन्टाइन बस्नुपर्छ भन्ने छ । अव क्वारेन्टाइन बस्नुप¥यो भने कोहीपनि आउँदैन । धेरै देशहरुले श्रीलंका, माल्दिभ्स लगायतका देशहरुले के गरिराखेको छ भने सोर्स कन्ट्रिमा एउटा पीसीआर टेस्ट गर्छ, आइसकेपछि एउटा पीसीआर गर्छ र सात दिन भन्दा बढी बसेको छ भने गन्तव्यको बिचैमा घुम्दाघुम्दै एउटा पीसीआर टेस्ट गरिन्छ । त्यसपछि ढुक्क भएर उ घुम्छ । क्वारेन्टाइन टुरिजमको विकल्प होइन परीक्षण मात्रै विकल्प हो भन्ने चाहिं सरकारले एउटा मेकानिजम बनाइदिनुपर्छ ।’

बाह्य पर्यटन प्रवद्र्धनका लागि भिषा निःशुल्क बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । भिषा शुल्क नलिने र पीसीआर परीक्षणलाई अनिवार्य बनाउने हो भने पर्यटनको वातावरण बन्ने जोशीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अर्को कुरा के छ भने अहिले हामीले भिषाको शुल्क लिइराखेका छौं, अथवा कतिपय ठाउँका अरु शुल्कहरु लिइराखेका छौं । ती शुल्क छोडिदिएर बरु टेस्टिङको पैसा चार्ज गरिदिने जस्तै ३० देखि ५० डलरमा टेस्टिङ भइहाल्छ । भिषा निःशुल्क गरेका छौं टेस्टिङ चार्हि त्यसको सट्टा यो छ भन्ने खालको ग¥यौं भने हुन्छ । अर्को रिभाइभलका लागि स्पेसलाइज टास्कफोर्स बनाएर काम गरियो भने सरकारको तर्फबाट यति भए पुग्छ ।’ 

विश्वमा गरिएका धेरैजसो सर्भेले लकडाउन खुल्ने वित्तीकै ३२ प्रतिशत मान्छेहरु घुम्न निस्किन्छन भन्ने डाटाहरु देखिएकाले नेपालले सोही संख्यालाई लाक्षित गरी तयारी सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘धेरैजसो सर्भेले लकडाउन कन्ट्रोल हुने वित्तीकै ३२ प्रतिशत मान्छेहरु घुम्न निस्किन्छन भन्ने छ । त्यो ३२ प्रतिशत भनेको करिब करिब डेढ अर्ब मान्छे २०१९ मा घुमेको हो । डेढअर्ब हुनु भनेको अहिले पनि ४०÷५० करोड मान्छेहरु घुम्छन भनेको हो । त्यही घुम्ने ४०÷५० करोडलाई हामी कसरी ल्याउन सक्छौं । भनेर हाम्रो रणनीतिहरु बन्नु प¥यो ।’

आन्तरिक पर्यटनका लागि पनि प्रभावकारी रणनीति आवस्यक रहेको उहाँले बताउनुभयो । आफुपनि डराउने र अरुलाई पनि तर्साउने काम गर्दा पर्यटन क्षेत्र थप प्रभावित बन्ने भएकाले निजी क्षेत्रले सिमित स्रोतबाट अधिकतम काम गर्न सक्नुपर्ने जोशीको भनाई छ । उहाँले भन्नुभयो ‘आन्तरिकलाई पनि हामीले कसरी हिंडाउन सक्छौं भन्ने खालका हाम्रा रणनीतिहरु बन्यो भने त्यसले राम्रो काम गर्छ । नभए आफुपनि डराउने अर्कालाई पनि तर्साउने काम ग¥यो भने हामीले त्यो राम्रो काम गरेको होइन । त्यो हिसाबले निजी क्षेत्रका साथिहरुलाई एकदमै आशावादि भएर विकल्पहरु खोजेर सिमित स्रोतलाई प्रभावकारी रुपमा परिचालन गरेर काम गर्न अनुरोध गर्न चाहन्छु ।’

नेपालको पर्यटनको इमेज बाहिर अत्यन्तै राम्रो भएको र कोरोनाको असरबाट पुनरउत्थान हुने मुलुकमा नेपाल पनि पर्ने भएकाले अहिले देखि नै तयारी गर्नुपर्ने बताउनुभयो । नेपाल पर्यटनका लागि तयार छ भन्ने सन्देश विश्वभर पु¥याउन सक्नुपर्ने जोशीले बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालको पर्यटन इमेज, पर्यटन ब्राण्ड एकदमै राम्रो छ । कोरोनाको असर पछि रिभाइभ हुने धेरै कम मुलुकमा नेपाल पर्नेवाला छ । किन भने अघिपनि हामीले भन्यौं आइसोलेसनमा हुने क्रियाकलाप, प्रकृतिमा आधारीत क्रियाकलाप, हिलिङ टाइपको गन्तव्य मान्छेहरुले हेरिराखेको भएर स्पीच्युअल गन्तव्य हेरिराखेको भएर यो सबै स्टे«न्थ भएको देश नेपाल हो । तर हामीले के गर्नुप¥यो भने हाम्रा तयारीलाई अगाडि बढाइराख्नुप¥यो र हामी तयार छौं भन्ने सन्देश दिनुप¥यो ।’

पर्यटन क्षेत्रको पुनरउत्थानका लागि सरकारले छुट्याएको ५० अर्बको पुनरउत्थान कोषको परिचालन तत्काल गर्नुपर्नेमा जोशीले जोड दिनुभयो । आवस्यक परेको बेलामा कोषलाई परिचालन गर्न नसके पछि परिचालन गरेर कुनै अर्थ नहुने उहाँको भनाई छ । त्यसैले कोषलाई तत्काल परिचालन गर्ने नीतिगत व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो ‘५० अर्ब जुन बजेट छुट्याएको छ पुनरउत्थानका लागि भनेर त्यो छिटो भन्दा छिटो कार्यविधि बनाएर परिचालन गर्नुप¥यो । यो ६ महिना ८ महिना पछि परिचालन भएर यसले कुनै असर सृजना गर्नेवाला छैन । किनभने व्यवसायलाई, व्यवसायीलाई र कामदारलाई मर्का अहिले परिराखेको छ । त्यसकारण सकिन्छ भने १५÷२० दिन भित्रै यो परिचालन हुने स्थिति बनाउनुपर्छ । ’

पछिल्लो समय नेपालमा समाजिक, राजनीतिक एजेण्डा भन्दा पनि विकासका एजेण्डाले प्राथमिकता पाएको र लगानीकर्ताले पर्यटनमा लगानी गरेकाले त्यसको संरक्षणका लागि पनि काम गर्नुपर्ने उहाँले बताउनुभयो । देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण भएकाले प्रभावाकारी काम गर्नुपर्नेमा जोशीले जोड दिनुभयो । ‘नेपालमा नेपालीहरुको बुझाई सामाजिक, राजनीतिक एजेन्डाले भन्दापनि विकासका एजेन्डाले प्राथमिकता पाउनुपर्छ त्यतैतिर लाग्नुपर्छ भन्ने खालको आम देशकै बुझाई पनि बनिराखेको थियो । पछिल्लो अवस्थामा हामीले पर्यटन नेपाललाई समृद्ध बनाउन सक्ने एउटा प्रमुख क्षेत्र हो भनेर पर्यटनमा नभएको मान्छेहरुले पनि टुरिजममा लगानी बढाउँदै गइराख्नुभएको थियो । त्यो हिसाबले ठूलो लगानी पनि आइराखेको थियो । रोजगारी पनि सृजना गरिराखेको थियो । आर्थिक गतिविधि पनि चलायमान गराइराखेको एउटा महत्वपूर्ण क्षेत्रलाई कोरोनाले निकै ठूलो प्रभाव पारिराखेको छ ।’