८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

साना तथा मझौला उद्यमीको मानव अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

साना तथा मझौला उद्यमीको मानव अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र सार्वजनिक सेवा तथा वस्तु उपलब्ध गराउने सबैभन्दा ठूलो क्षेत्र भएको बताउनुभएको छ । व्यवसाय र मानवअधिकारका विषयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले उपभोक्ताको अधिकार, श्रमिकको अधिकार, महिला तथा बालबालिकाको अधिकार साथै वातावरणीय संरक्षण तथा अन्य मौलिक अधिकार कार्यान्वयनमा नीजि क्षेत्रको भूमिका हुने बताउनुभयो ।

अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय मान्यताअनुरूप व्यावसायिक प्रतिष्ठानहरूले मानव अधिकारको क्षेत्रमा गर्नुपर्ने पहल र काम सम्बन्धमा नेपालले पनि क्रमश: प्रयासहरु जारी राखेको भन्दै अन्तर्राष्ट्रिय अभ्यासहरू अवलम्बन गर्ने क्रममा नेपालमा पनि केही प्रयास गरेको बताउनुभयो । ‘उपभोक्ताको बढ्दो चेतना, बढ्दो वातावरणीय सरोकार, गुणस्तरीय सेवा र उत्पादनको बढ्दो मागलगायतको परिवेशमा व्यवसायका क्षेत्रमा मानव अधिकारको सम्मान अनिवार्य भएको छ, यसले व्यवसायको प्रतिस्पर्धा र नागरिकको विश्वास बढाउन मद्दत गर्छ’, अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँले नेपालले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना अन्तर्गत “व्यवसाय र मानव अधिकारी सम्बन्धी राष्ट्रिय कार्ययोजना” तर्जुमा गरी गत २०८० पौष ११ गते मन्त्रिपरिषद्बाट पारित गरेको र यो कार्ययोजना कुनै नयाँ नीति वा कानुन नभई मानव अधिकार संरक्षण सम्बन्धी बनेका अन्य नीति तथा कानुन पालना गराउन बनेको कार्ययोजना भएको बताउनुभयो ।

नेपाल सरकारले पारित गरेको व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रि«य कार्ययोजना मस्यौदाका लागि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा बनेको कार्यदलमा निजी क्षेत्रको तर्फबाट महासंघको पनि प्रतिनिधित्व रहेको थियो ।

अध्यक्ष ढकाले नेपालमा सञ्चालन भएका सबै व्यवसाय कर्पोरेट संस्कृतिमा चल्ने ठूला खालका मात्र नभएकाले साना तथा मझौला उद्यमीको मानव अधिकारको सम्मानको विषयले पनि प्रवेश पाउनु पर्ने बताउनुभयो । ‘पछिल्ला वर्षहरुमा मानव अधिकारको संरक्षण र सम्मानतर्फ विश्वव्यापी रुपमा विकसित घटनाक्रमलाई अध्ययन गरी हामीले पनि हाम्रा गतिविधिलाई परिमार्जन गर्दै गएका छौं,’ उहाँले भन्नुभयो– ‘नेपालको निजी क्षेत्रले सम्मानजनक कार्य अवस्थाको विकास र श्रमिकका अधिकारको प्रत्याभूति हुने गरी काम गरिरहेको छ ।’

उहाँले मानव अधिकारको संरक्षण गर्नु मुख्य दायित्व राज्यको भए पनि उक्त अधिकारको सम्मान गर्नु र कार्यस्थलमा अधिकार हनन्सम्बन्धी गुनासो आएमा त्यसको सुनुवाई गर्ने इकाइ स्थापना गर्नुपर्ने निजी क्षेत्रको दायित्वमा परेको बताउनुभयो । यस सम्बन्धमा बृहत रुपमा व्यवासायिक प्रतिष्ठान एवं निजी क्षेत्रलाई जानकारी गराउन सरकार लगायत सम्बन्धित पक्षले व्यापक प्रचारप्रसार एवं सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।