१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको एकता अक्षुण्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ – महासचिव पौडेल



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले पार्टीभित्र जुनसुकै समस्या देखिएपनि समस्याहरुको सकारात्मक समाधान गरि एकतालाई सबल बनाउँदै अगाडी बढ्नुपर्छ भन्ने निष्कर्षका साथ कार्यदल गठन भएको बताउनुभएको छ ।

नेकपा महासचिव समेत रहनुभएका पौडेलले नेकपा विभाजनको कल्पना गर्ने प्रवृतिको अगाडी अझ एकतावद्ध भएर अगाडी बढ्ने सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पार्टीमा विग्रहको कल्पना गरेका थिए कतिपयले । नेकपामा कुनै प्रकारको विग्रह हुँदैन । एकतावद्ध भएर अगाडी बढ्छ ।

नेकपाको एकता अक्षुण्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ ।’’न्यूज एजेन्सी नेपालका संवाददातासँग कुराकानी गर्दै पार्टीभित्र देखिएको समस्यालाई संस्थागत ढंगले समाधान गर्न ६ सदस्य रहेको कार्यदल गठन भएको उहाँले बताउनुभयो । कार्यदलले समस्या के हुन् ? समाधान के हुन सक्छ ? भन्ने विषयमा विस्तृत छलफल गरी प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने उहाँले बताउनुभयो ।

प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वयले पार्टीको औपचारिक बैठकमा प्रस्तुत गर्ने उहाँले बताउनुभयो । महासचिव पौडेलले नेकपा एकतावद्ध रहने कुरामा आश्वस्त रहन सबैलाई आग्रह गर्दै उहाँले भन्नुभयो, ‘‘नेकपा एकतावद्ध रहने कुरामा अस्वस्त रहन सबैमा आग्रह गर्दछु । आफ्नो अभिभारा सफलतापूर्वक पुरा गर्न नेकपा अगाडी बढेको छ । 

नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृतिहरु र तत्वहरुलाई भन्न चाहान्छु, अब नेकपा भित्र खेल्ने यस प्रकारका कोशिष नगर्नुहोला । नेकपा आफ्नो अभिभारा बुझ्न सामर्थ छ । जनताले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ ।’’

पार्टीभित्रका समस्याहरु जटिल अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पार्टीका आन्तरिक समस्याका कारण सरकार सञ्चालनमा समेत समस्या रहेको बताउनुभयो ।

‘‘समस्याहरु निकै जटिल अवस्थामा पुगेको सत्य हो । जसले गर्दा पार्टी र सरकारका काममा विभिन्न प्रकारका व्यवधान सिर्जना भए । प्रभावकारी ढंगले काम अगाडी बढ्न सकेनन । अब सरकार र पार्टीका काम प्रभावकारी ढंगले अगाडी बढाउँछौ । सरकार र पार्टी दुबै प्रभावकारी भूमिकाका साथ प्रस्तुत हुन्छन्’’ उहाँले भन्नुभयो ।

शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बने पछि महासचिव पौडेलको संयोजकत्वमा  ६ सदस्य रहेको कार्यदल बनेको छ ।

कार्यदलमा स्थायी समिति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल रहनुभएको छ ।

कार्यदलले छिटो भन्दा छिटो प्रतिवेदन तयार पारी बुझाउनेछ ।