५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

कोभिड–१९ राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून र नेपालकाे अबस्थाका बारेमा तयार प्रतिबेदन संसदको शिक्षा तथा स्वास्थ्थ समितिमा , सरकारलाई निर्देशन दिने समितिको तयारी

कोभिड–१९ राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून र नेपालकाे अबस्थाका बारेमा तयार प्रतिबेदन संसदको शिक्षा तथा स्वास्थ्थ समितिमा , सरकारलाई  निर्देशन दिने समितिको तयारी
अ+ अ-

काठमाडौ । कोभिड–१९ले सात वटै प्रदेशमा परेको प्रभाव र यसले उत्पन्न गरेको समस्या र स्वास्थ्थ संकटमा समयमा राज्यले गर्नुपर्ने दायीत्व तथा अधिकार का बारेमा तयार पारिएको अध्यायन प्रतिबेददन संसदको शिक्षा तथा स्बास्थ्थ समितिलाई बुझाईको छ ।

नेपाल कानून समाज र शिक्षा तथा स्बास्थ्थ समिति ले सयुक्त रुपमा पारेको अध्यायन प्रतिबेदन शुक्रबार समाजका तर्फ बाट बरिष्ठ अधिबक्ता खिमलाल देबकोटाले समितिका सदस्य सासद जीबनराम श्रेष्ठलाई हस्तान्तण गर्नुभयो ।  प्रतिबेदनमा हाल देखिएका समस्या, समाधानका उपायका यसका लागि लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कसरी गर्ने भन्ने बारेमा उल्लेख गरिएको छ । यसका लागि नेपालमा एकीकृत नयाँ कानूनको आवश्यकता रहेको सुझाब दिदै प्रतिबेदनले अन्तराष्ट्रिय अनुभव समेतका आधारमा हाम्रो कानुनको अवस्थाका बारेमा उल्लेख गरेको छ । 

यसै गरी कानुनमा सुधारको खाँचो संगै संघ, प्रदेश र स्थानीय तहको बीच परिणाममुखी आपसी समन्वय को अभाब देखिएको कुरालाई उल्लेख गरेको छ । संक्रामक रोग ऐन, २०२० पुरानो कानुन भएको अबस्थामा कतिपय बिषयहरु समय सापेक्ष सुधारको खाचो समेत प्रतिबेदनले औल्याएको छ ।  

यसै गरी विपद जोखिम न्युनीकरण व्यवस्थापन ऐन, २०७४ र जनस्वास्थ्य ऐन, २०७४को अबस्था र अन्तराष्ट्रिय अनुभब र अभ्यासलाई पनि प्रतिबेदनमा समेटिएको छ ।  कोरोना संकट पछि  अमेरिका, अष्ट्रेलिया, बेलायत, फ्रान्स ईटली जर्मनी, वेल्जियम, नेदरल्याण्ड, ब्राजिल, स्वीडेन, आयरल्याण्ड, बेलायत, हंगेरी, डेनमार्क, कतार, माल्दोभा, ईण्डोनेशिया, टिमोर–लेष्ते, ट्युनिसिया , नर्वे, लात्भीया, माल्दिप्स, न्युजिल्याण्ड, दक्षिण कोरिया  लगायतका मुलुकहरुले निर्माण गरेका कानून र हाम्रो बिद्यामन कानूनको लेखाजोखा गर्दे मुल्याङन समेत गरिएको समाजका निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो ।  सरकारले कार्यन्वयन गरिरहेको संक्रामक रोग ऐन, २०२० अपूर्ण रहेको भन्दै प्रतिबेदनले निम्न कमजोरी औल्याएको छ । जस अनुसार ऐनमा ऐनमा परिभाषा खण्ड नै नभएको ,संक्रामक रोगको परिभाषा समेत नगरेको, महामारी, कीट वा सूक्ष्म जीवाणु आतंक, प्यान्डामिक जस्ता विषयलाई नसमेटेको ,संस्थागत संरचनाहरुको कल्पना नगरेको कुरा उल्लेख गरिएको छ । 

यसै गरी पूर्व तयारी, तत्काल र भविश्यको पुनर्लाभको व्यवस्था नगरिएको ,सुरक्षा लगायतका अन्य निकायको परिचालनको व्यवस्था  नभएको ,कोष खडा गर्ने कुरा सामग्री खरिदको विशेष व्यवस्था नभएको , आदेश जारी वाहेक नियम, निर्देशिका  मापदण्ड जारी गर्ने व्यवस्था नभएको उल्लेख गरिएको छ । यसै गरी यो ऐनले कोभिड–१९ ले उत्पन्न गरेको बहुआयामिक समस्याको समाधान नगर्ने  भन्दै सुझाब प्रतिबेदनमा अड्डा, अदालतसँग सम्बन्धित हदम्याद, तारेख आदि सँग सम्बन्धित समस्याको संबोधन नगरेकोले परिमार्जको आबश्यकता देखाएको छ ।  

यसै गरी विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४  र जनस्वास्थ्य ऐन, २०७४ले समेट्न नसकेका कुरा र समेट्नु पर्ने बिषय पनि प्रतिबेदनमा  उल्लेख  गरिएको छ । पटक पटक यसबारेमा संसदका बिभिन्न समितिहरुले गरेको छलफल र त्यसका आधारमा सरकारलाई  दिईएको सुझाब समेत प्रतिबेदनमा उल्लेख गरिएको छ । समितिका सदस्य जीबनराम श्रेष्ठले समितिको समेत सहभागतामा तयार भएको प्रतिबेदन महत्वपूर्ण रहेका कारण यसबारेमा सरोकारवाला पक्ष संग तत्काल छलफल गर्ने जानकारी दिनुभयो ।