काठमाडौँ । सत्तारुढड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद सुल्झाउन गठन भएको ६ सदस्यीय कार्यदलको बैठक सुरु भएको छ । शुक्रबार गठन गरिएको कार्यदलको बैठक आज भैसेपाटीमा सुरु भएको हो ।
कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । गठित कार्यदलले विवादित विषयमा सहमति खोज्न गृहकार्य भइरहेको एक नेताले जानकारी दिए ।










