काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ।
भारतको ७४औँ स्वतन्त्रता दिवसको दिन आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदी लाई शुभकामना दिदै करिब ११ मिनेट बिभिन्न बिषयमा सम्बाद भएको छ ।
दुई प्रधानमन्त्री बीच कोरोना रोकथाम र नियन्त्रणका लागि आ–आफ्नो देशले गरेका कामका विषयमा अनुभव आदाप्रदान भएको र कोरोना नियन्त्रणमा मिलेर जाने विषयमा पनि कुरा भएको जनाईएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि चासो राख्नु भएको थियो ।










