२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

‘रेमडिसिभिर’ मा भयो कालोबजारी, अब औषधि व्यवस्था विभागले नै खरिद गर्ने

‘रेमडिसिभिर’ मा भयो कालोबजारी, अब औषधि व्यवस्था विभागले नै खरिद गर्ने
अ अ+ अ-

काठमाडौं । कोरोना संक्रमणका कारण जटिल बिरामी परेकालाई प्रयोग गर्ने रेमडिसिभिरको कालोबजारी मौलाएपछि औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई इन्जेक्सन खरिद गरी ल्याउन स्वीकृति दिएको छ । विभागले भारतीय कम्पनी सिप्ला क्लेम, हिटेरो र माइलानलाई इन्जेक्सन ल्याउन शुक्रबार स्वीकृति दिएको जनाएको छ । थप कम्पनीलाई स्वीकृत दिने विषयमा छलफल भइरहेको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए । ‘हामी फाइल अध्ययन गर्दै छौं, त्यसपछि बाँकी कतिलाई स्वीकृति दिने भन्ने विषयमा निर्णय गर्नेछौं’ –उनको भनाइ थियो ।

कालोबजारी बढ्दा समेत अनुगमन गरी कारबाही गर्न नसकेको सरकारले अन्ततः गम्भीर संकट टार्न भन्दै वैधानिक तीन कम्पनीलाई स्वीकृत दिएको हो । परिस्थिति र आवश्यकताअनुसार रेमडिसिभिर ल्याउन अनुमति दिने बताउँदै ढकालले भने– ‘अब केही दिनमै सो इन्जेक्सन नेपालमा प्रयोग हुनेछ ।’ सरकारमाथि चौतर्फी दबाब आएपछि विभागले औषधि ल्याउने स्वीकृति दिएको हो । कोरोना संक्रमितका लागि अति प्रभावकारी मानिएको सो इन्जेक्सन नपाउँदा आईसीयू र भेन्टिलेटरमा उपचार गरिरहेका बिरामीको मृत्युदर बढ्न थालेको थियो । इन्जेक्सन नेपाल भित्रिएपछि पहुँचवाला बिमारीले प्रयोग गर्ने बाटो खुला हुनेछ । नेपालमा सो इन्जेक्सन प्रयोग गर्न नपाउँदा हुनेखानेले विभिन्न एजेन्टमार्फत बढी मूल्यमा खरिद गरी प्रयोग गरिरहेका छन् ।

सो इन्जेक्सन एक डोजको करिब ९ हजार रुपियाँ पर्ने अनुमान गरिएको छ । विशेष गरी भारतीय नाका हुँदै प्रमुख शहरदेखि राजधानीसम्म अवैध रुपमा भित्रिएको रेमडिसिभिरको कहाँबाट कसले ल्यायो भन्ने विषयमा सरकारले अनुगमन गर्न सकेको छैन । भारतमा ६ हजार रुपियाँ तिरेर नेपाल भित्र्याएको सो इन्जेन्सन अति गम्भीर बिरामीले प्रतिडोज ४० देखि ५० हजार रुपियाँ खर्चेर प्रयोग गर्ने गरेका छन् । केही दिनभित्र नेपाल आएपछि एक डोजको करिब ९ हजारसम्म पुग्ने औषधि आयातकर्ताले जनाएका छन् । विभागले कतिमा बिक्री गर्ने भन्ने विषयमा मूल्य तय गरेको छैन । महानिर्देशक ढकालले आपत्काल टार्न नेपाल ल्याउन लागिएको रेमडिसिभिरको यति मूल्य पर्छ भन्ने निक्र्यौल गर्न नसकिने बताए ।

‘स्वीकृत पाएका कम्पनीले ६ हजार ४ सय, ७ हजार ५ सय र ८ हजार रुपियाँसम्मको मूल्य तय गरेका छन्, नेपाल आइपुग्दा त्यसको मूल्य कति पर्छ भन्ने विषयमा निर्णय गर्न बाँकी छ’ –महानिर्देशक ढकालको भनाइ थियो । भारतमा सरकारी अस्पतालमा उपचाररत बिरामीलाई सरकारले सो इन्जेक्सन प्रयोग गरिरहेको छ । रेमडिसिभिर इन्जेक्सनको विभिन्न देशमा तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ । विश्व स्वास्थ्य संगठनले रेमडिसिभिले कोरोना संक्रमित पूर्ण रुपमा ठीक नगरेपछि इम्युनिटी पावर वृद्धि गर्न महत्वपूर्ण रहेको जनाइसकेको छ । सोही आधारमा अमेरिका, बेलायत, फ्रान्स, भारतलगायतका मुलुकमा यसको प्रयोग उच्च गतिमा भइरहेको छ । विराट मेडिकल सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले हवाईजहाज चार्टर गरी नेपाल ल्याएर सो औषधि प्रयोग गरेका थिए । उनी लगायत केही गम्भीर विरामीले रेमडिसिभिर प्रयोग गरेपछि नेपालमा यस्को विश्वसनीयता बढेको हो ।

लगत्तै सरकारले औषधि व्यवस्था विभागलाई खरिद गर्न निर्देशन दिएको हो । निर्देशनलगत्तै विभागले सूचना जारी गरी आपूर्ति गर्न इच्छुक कम्पनीलाई आह्वान गरेको थियो । नेपाल मेडिकल काउन्सिलले गत मेमा जारी गरेको ‘इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९’ मा कोरोना संक्रमितलाई रेमडिसिभिर चलाउन मिल्ने उल्लेख गरेको थियो । आपूर्तिकर्ताले नेपालमा आपत्कालन अवस्थामा प्रयोग गर्ने अवस्थामा करिब १० हजार डोज संकलन गरी राख्नुपर्ने बताएका छन् । अहिलेको आपूर्तिकर्ताले कति ल्याउँछन्, सोहीअनुसार भण्डारण गर्ने सरकारको तयारी छ । हाल नेपालमा कोरोनका संक्रमितको संख्या २६ हजार नाघिसकेको छ । महानिर्देशक ढकालले अहिले ल्याउने तयारीमा रहेका इन्जेक्सन क्लिनिकल ट्रायलका लागि ल्याउने निर्णय गरेको बताए ।

अधिकांश पश्चिमा मुलुकमा कोरोनाका गम्भीर प्रकृतिका बिरामीलाई रेमिडिसिभर प्रयोग गर्ने गरेका छन् । सामान्य औषधिले काम नगरेपछि आईसीयूमा रहेका बिरामीलाई इन्जेक्सनमार्फत रेमडिसिभिर चलाउने गरिन्छ । अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोभिड–१९ का संक्रमितहरूमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले हरेकपटक आफ्नो भाषणमा रेमडिरिभिरले कोरोना संक्रमित पूर्ण रुपमा प्रभावकारी हुने बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्मकै भनाइलाई आधार मानेर विश्वका धनी मुलुकले यो इन्जेक्सन प्रयोग गरिरहेका छन् । नेपाल समाचारपत्र दैनिक