८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नियोजित तथा संगठित रुपमा कलेज र पदाधिकारीमाथि आधारहीन आरोपहरु लगाइयो: काठमाडौं स्कूल अफ ल

नियोजित तथा संगठित रुपमा कलेज र पदाधिकारीमाथि आधारहीन आरोपहरु लगाइयो: काठमाडौं स्कूल अफ ल
अ अ+ अ-

काठमाडौं । काठमाडौं स्कुल अफ लले सामाजिक सञ्जाल मार्फत आफु र आफ्ना पदाधिकारी माथी लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ । कलेजले आइतबार पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा लगाइएका आरोपहरु आधारहीन मात्रै होइन सामाजिक मर्यादाविरुद्ध समेत रहेको जनाएको हो ।

एउटा व्यक्तिले विना कुनै आधार र तथ्य आफ्ना प्रध्यापकहरुमाथी अश्लील गाली गलौच गर्दै विभिन्न अरोपहरु लगाउने र उनैले समाजिक सञ्जालमार्फत लागएको आरोपका आधारमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक भएका समाचार बारे कलेजको गम्भिर ध्यानाकर्षण भएको जनाउदै समाचार लेख्नुअघि कम्तीमा तथ्यहरुको जाच गरिदिन कलेजले आग्रह गरेको छ ।

कलेजबाट भर्खरै पास आउट भएकी एक बिधार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक तथा प्रध्यापक डा‍‍. युवराज संग्रौला लगायत केही प्राध्यापकविरुद्ध धारा प्रवाह गाली गलौज गर्दै विभिन्न आरोप लगाउदै आएको सन्दर्भमा कलेजले पत्रकार सम्मेलन गर्दै त्यो हर्कत नियोजित तथा संगठित योजनाको उपज भएको जनाएको छ ।

घटनाक्रमहरुले निज विधार्थी नभई कलेज र कलेजका पदाधिकारी र तिनका परिवारहरु केही दिनदेखि पिडित रहेको तथ्य तर्फ ध्यानाकर्षण गराउँदै कलेजले भनेको छ : यस्ता सामाजिक मर्यादा बिपिरत र मानवअधिकार बिरोधी गतिबिधि प्रति द:ख व्यक्त गर्नुबाहेक हामीसंग कुनै शब्द छैन” । यस घटनाले जुनसुकै व्यक्तीले जुनकुनै अवस्थामा जो माथी पनि आरोप लगाइदिन सक्ने अवस्थाको उजागर गर्दै यसबाट हाम्रो स्थापित सामाजिक मर्यादा र न्याय प्रणालीमाथी गंभिर झापट हानेको समेत कलेजले जनाएको छ ।

सामाजिक सञ्जाल मार्फत कुनै व्यक्तिले झुटा र तथ्यहिन आरोप लगाइएका आधारमा स्थापित सञ्चारका माध्यमले समाचार बनाउने कार्यले दसकौको संघर्षबाट स्थापित यो शैक्षिक संस्था र यहाँका पदाधिकारीको मानमर्दन गर्ने काम भएको कलेजले जनाएको छ । यदि कसैको कुनै गुनासो भए र आरोप भए त्यसको छानविनका लागि राज्यका स्थापित न्याय प्रणालीको साहरा लिनुको साटो हठात व्यक्तिको मानमर्दन हुने गरि सुरु गरिएको मिडिया टूायलबाट आफुहरु दु:खी भएको बताउदै कलेजले भनेको छ :यस्तो प्रबृतिले कस्तो समाजको निर्माण होला । सामाजिक सञ्जालबाटै आरोप लगाउने, त्यही बहस गरिने र त्यही फैसला गर्ने यही हर्कतले यो समाजलाई कहाँ पुरयाउला रु

पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै प्राध्यापक डा। युवराज संग्रौलाले आफु जस्तो सुकै अनुसन्धान र छानविनका लागि तयार भएको भएपनि यस घटनाबाट आरोप लगाउने व्यक्ति भन्दा उनका कारण आफुहरु बास्तविक पिडित रहेको बताएका छन् । २५ बर्षको गौरवपूर्ण इतिहास बोकेको काठमडौं स्कुल अफ ल र आफु माथी नियोजित रुपमा षडयन्त्र गरि यस प्रकारको आक्रमण सुरु गरिएको बताउदै डा। संग्रौलाले भन्नुभयो : यस कलेज मार्फत आफुले दसकौ देखि नेपाली समाजको गौरवपूर्ण इतिहास र संस्कारलाई कायम राख्न गरेको प्रयत्नको बदलामा देशलाई राजनीतिक रुपमा मात्रै होइन सास्कृतिक रुपमै बिदेशीको गुलाम बनाउने समूहबाट नियोजित रुपमा आक्रमण गरियो । उठेका सन्दर्भहरुका बारेमा सम्बोधन गर्न स्वतन्त्र र निष्पक्ष छानविन समिति निर्माण गरिसकिएको जनाउदै आबस्यक परे राज्यका अन्य निकायहरुले पनि छानविन गर्न सक्ने डा।संग्रौलाको भनाई थियो । आफुकहाँ अध्ययनरत कुनैपनि आस्था र विश्वासका बिधार्थीलाई कुनै पनि विभेद नगरिएको स्पस्ट गर्दै डा।संग्रौलाले भन्नुभयो : आफु अभिभावक भएकाले उनीहरुलाई सही मार्गनिर्देश गर्नु र राज्यलाई असल नागरिक हस्तान्तरण गर्नु आफ्नो दायित्व भएकाले मैले त्यही गरिरहेको मात्रै हो । आफ्नो र आफ्नो समूहको मेहनतकै कारण राज्यले कानुनी अध्ययनका क्षेत्रमा एउटा अन्तरष्टिय स्तरको संस्था पाएको संग्रौलाले स्मरण गर्नुभयो ।

केही दिन देखि डा संग्रौला र काठमाडौ स्कुल अफ लका पदाधिकारीहरु बिरुद्ध सिलसिलावद्धरुपमा सामाजिक सञ्जाल मार्फत गाली गलौज र मिथ्या आरोप लगाउने गरिएको छ । पटक पटक भिडियो मार्फत बर्बराहटको सैलीमा प्रस्तुत हुने ति छात्राले घरि संग्रौलाको परिवारका प्रत्येक सदस्यले पाँच लाखका दरले रकम दिनुपर्ने नदिए सिध्याइदिने धम्की दिने गरेको देखिन्छ । यौनिक टिप्पणी गर्ने गरेको भनि उनले तथ्य भन्दै सार्वजनिक गरेको बिषय भनेको संग्रौलाले लभ अफयर्समा नपर्न र आफ्नो करिअर तर्फ फोकस हुन भनि बोलिएको बिषयलाई मानिएको छ । आफ्नो अभिभावकले आफ्ना बच्चाहरुलाई र एउटा शिक्षकले आफ्ना बिधार्थीलाई सम्झाउदा भन्ने सामान्य बिषय समेत यौन दुव्र्यवहारको बिषय मान्ने हो भने यहाँ परिवारको अस्तीत्व कहाँ रहला रु सञ्जाल मार्फत खुल्ला बार्गेनिङ गरिरहेकी ती छात्राले संग्रौला बाहेक कलेजका अन्य प्राध्यापकहरुलाई मात्रै होइन आफ्नै हजुरवुवालाई समेत बलत्कारी भएको अमर्यादित टिप्पणी गरेको देखिन्छ ।