२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

काठमाडौँ महानगरपालिका भित्र मात्रै आठ सय कोरोना सङ्क्रमित

काठमाडौँ महानगरपालिका भित्र मात्रै आठ सय कोरोना सङ्क्रमित
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा मात्रै कोरोना सङ्क्रमित भेटिएका छैनन् । कन्ट्याक्ट टे«सिङ गरिएकामध्ये ५८ जनामा सङ्क्रमण पाइएको छ । महानगरपालिकाले साउन २९ गतेसम्म कोरोना परीक्षणको नतिजा आएको र त्यसपछि गरिएका परीक्षणका लागि पठाइएका व्यक्तिहरूको नतिजा आउनै बाँकी रहेको जनाएको छ ।
जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्छन्, “यो सङ्ख्यामा केही तलमाथि हुन्छ । किनभने ठूला अस्पतालको विवरण महानगरमा आएको छैन, ती अस्पतालले पनि महानगरमा बसोबास गर्नेहरूको परीक्षण र उपचार गर्नुभएको छ ।”

उनका अनुसार सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यालयमा परीक्षण गरिएको छ । यसरी गरिएका परीक्षणमध्ये केहीको सङ्ख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको सङ्ख्या प्राप्त हुन सकेको छैन । जसले गर्दा सङ्ख्यामा केही परिवर्तन हुनसक्छ । सङ्क्रमण बढ्दो दरमा रहेकाले पनि सङ्ख्या क्षणभरमै तलमाथि हुनसक्ने बताउँदै ओलीले भने, “अहिले (साउन २९ गते)सम्म महानगरमा भएका सङ्क्रमितको हाराहारी सङ्ख्या मात्र भन्नसक्ने अवस्थामा छौँ, २२० व्यक्ति घरमै आइसोलेसनमा छन्, स्वास्थ्य जटिलता बढ्दै गए उहाँहरू अस्पताल जानुहुन्छ ।” प्राप्त विवरण अनुसार सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या वडा नं. ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका सङ्क्रमित यही वडामा जोडिएकाले यस वडामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो । वडा नं. २ मा अहिलेसम्म कोही पनि सङ्क्रमित भेटिएका छैनन् । सो वडाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ भन्छन्, “वडामा प्रचारप्रसार गरेका छौँ, सुक्खा खोकी लाग्ने, हनहनी ज्वरो आउनेले खबर गर्नोस् भनेका छौँ, अहिलेसम्म कोही पनि मलाई यस्तो भयो भनेर वडामा आउनुभएको पनि छैन, अन्य व्यक्तिले जँचाएर सङ्क्रमण भएको पनि थाहा छैन ।”

वरिष्ठ कविराज निरीक्षक ओलीका अनुसार महानगरमा वडा नं. १ बाट ३७, वडा नं. ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना सङ्क्रमितको सङ्ख्या दर्ता भएको छ । यस्तै वडा नं. ४ बाट अख्तियारसहित ६१, वडा नं. ५ बाट १७, वडा नं. ६ बाट १५, वडा नं. ७ र ८ बाट क्रमशः १०/१० जना सङ्क्रमित देखिएका छन् । यसैगरी, वडा नं. ९ मा पाँच, वडा नं. १० मा ३८, वडा नं. ११ मा १९, वडा नं. १२ मा १२, वडा नं. १३ मा ३३, वडा नं. १४ मा ५६, वडा नं. १५ मा १३, वडा नं. १६ मा ४६, वडा नं. १७ मा १४ जना सङ्क्रमित देखिएका छन् ।

यस्तै, वडा नं. १८, १९, २० र २१ मा एक÷दुई जना देखिएका छन् भने वडा नं. २२ मा चार जना देखिएका छन् । वडा नं. २३ मा १०, वडा नं. २४ मा २५, वडा नं. २६ मा १७, वडा नं. २७ मा ३४, वडा नं. २८ मा २७, वडा नं. २९ मा ३०, वडा नं. ३० मा १४, वडा नं. ३१ मा २८ र वडा नं. ३२ मा ५३ जना सङ्क्रमित देखिएको जानकारी महानगरपालिकाले दिएको छ । सङ्क्रमितको पहिचान, सङ्क्रमितको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहेकाहरूको खोजी र निगरानी गर्ने कामलाई व्यवस्थित बनाउन महानगरले कन्ट्याक्ट ट्रेसिङ कार्यलाई तीव्र बनाएको छ । यसका लागि वडा क्लिनिकका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरू खटिएका छन् । सङ्क्रमित देखिएका ठाउँमा वडा कार्यालयहरूले प्रहरीसँग समन्वय गरी आवतजावत बन्द गरेर निगरानी गरिरहेका छन् । गोरखापत्र दैनिक