८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता
अ अ+ अ-

काठमाडौं । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्ने मात्र होइन, उनीहरूलाई त्यस्ता स्थानमा पुग्न प्रेरितसमेत गर्छ । हिमशृङ्खला, प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा सांस्कृतिक विविधताले भरिएको नेपाललाई चलचित्रमार्फत विश्वभर चिनाउने काम भइरहेको छ ।

यसले प्रवासमा रहेका नेपालीलाई मात्र नभई स्वदेशीलाई पनि आन्तरिक पर्यटनमा रुचि बढाउन प्रेरित गर्ने गरेको चलचित्र निर्देशक ऋषिराज आचार्यले बताउनुभयो । उहाँले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘द्रौपदी’ डोल्पा जिल्लाको मनोरमदृश्यमा छायाङ्कन गर्नुभएको छ । झन्डै ४६ दिन छायाङ्कन गर्दा उहाँले स्थानीय कला, संस्कृति, सभ्यतासँगै ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई पनि चलचित्रमा कैद गर्नुभएको छ । त्रिपुरासुन्दरी देवीको मन्दिरसँगै शे–फोक्सुन्डोलगायत मनोरम दृश्यले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने निर्देशक आचार्यले बताउनुभयो ।

“मलगायत धेरै चलचित्रकर्मी मनाङ, मुस्ताङ, डोल्पासहितका अन्य स्थानमा पुग्नुको एउटा कारण चलचित्र वा साङ्गीतिक श्रव्यदृश्य ९म्युजिक भिडिओ० नै हो । हामी त्यहाँ पुग्दा पनि चलचित्रमा हेरेर घुम्न आएको भन्ने सुन्नेका थियौँ, मुस्ताङमा एउटा गल्लीको नाम नेपाली चलचित्र जेरीबाट राखिएको छ । त्यसकारण चलचित्रले कला, संस्कृतिसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँछ”, निर्देशक आचार्यले भन्नुभयो ।

यही चैत ८ गतेदेखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने चलचित्रको विषयमा जानकारी दिन सोमबार बेलुकी काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय चलचित्र जाँच समितिको सदस्यसमेत रहनुभएका निर्देशक आचार्यले ‘द्रौपदी’ नामसँग चलचित्रको विषय जोडिएको बताउनुभयो ।

“डोल्पाको संस्कृति र चलचित्रको कथा जोडिएको छ, त्यसकारण पनि हामीले छायाङ्कन गर्न डोल्पा नै रोजेका हौँ । यसमा नेपाली मौलिक विषय, आँखालाई शीतलता दिने सुन्दर दृश्य र सोचनीय विषयलाई उठाएको छु”, उहाँले भन्नुभयो । नेपाल आइडलको दोस्रो शृङ्खलाका विजेता गायक रवि ओड यसै चलचित्रमार्फत अभिनेता बन्नुभएको छ । अभिनयमा रुचि भएकाले नै तयारी गरेर चलचित्रमा काम गरेको गायक ओडले बताउनुभयो ।

“आफ्ना गीतको श्रव्यदृश्यमा देखिँदा केही आत्मविश्वास बढेको थियो । यसका निर्देशक आचार्यसँग झन्डै तीन महिना अभिनयको बारेमा प्रशिक्षण लिएपछि अभिनेता बन्ने निर्णय लिएँ । मैले राम्रो काम गर्ने कोसिस गरेको छु, यसको प्रतिक्रियाले पनि आउँदो दिनमा अभिनयमा निरन्तरता दिने विषयमा निर्णय लिन सहज बनाउने छ”, गायक ओडले भन्नुभयो ।

उहाँझैँ यसै चलचित्रमार्फत आश्विनी शाहीले अभिनयको सुरुआत गर्नुभएको छ । आफ्नो परिवेश र जीवनभन्दा फरक पात्र पाएकाले आफू अभिनय गर्न प्रेरित भएको अभिनेत्री शाहीले बताउनुभयो । “मेरो लागि यो अवसरसँगै चुनौती थियो । किनकि मैले यस्तो जीवन र परिवेश बाँच्न पाएकी थिइनँ । पश्चिमेली लवजका लागि पनि मैले सक्दो मेहनत गरेको छु । पहिलो चलचित्रमै पात्रलाई प्रस्तुत गर्न पाउँदा खुसी छु”, अभिनेत्री शाहीले भन्नुभयो ।

निर्देशक आचार्यले गायक ओड, अभिनेत्री शाहीझैँ अन्य केही नवकलाकारलाई अडिसनमार्फत छनोट गरेर अवसर दिएको बताउनुभयो । “चलचित्रमा नयाँ प्रतिभाको उपस्थिति आवश्यक देखेर नै मैले नयाँ अनुहार अभिनय गराएको छु । मैले कथामा लेखेको पात्रलाई चलचित्रमा जीवन्त बनाउने कुरामा नयाँ भए पनि कोही कलाकार कमजोर हुनुहुन्न”, निर्देशक आचार्यले भन्नुभयो ।

चलचित्रमा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यसमा सौरभ शर्माले पाश्र्वसङ्गीत सृजना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला तथा मोहन झिल्लुले छायाङ्कन गर्नुभएको छ । रासस