८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आगामी बजेटमा करका दर भन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव

आगामी बजेटमा करका दर भन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी वर्षको बजेटमा करका दर भन्दा दायरा बढाउन सरकारलाई सुझाव दिनु भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व तर्जुमा सम्बन्धमा सुझाव संकलन गर्न सोमबार महासंघ सचिवालय टेकुमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले करको दरलाई भन्दा दायरालाई बढाउन, उद्यमशीलताको विकास र रोजगारी सिर्जना हुने ढंगले बजेट तथा नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिनु भयो ।

निजी क्षेत्रले केवल आफ्नो फाइदाका लागि नभई देशकै अर्थतन्त्र चलायमान बनाउन सरकारलाई सुझाव दिंदै आएको उल्लेख गर्दै उहाँले देश विकासका लागि सरकार र निजी बीच सहकार्य आवश्यक रहेको समेत बताउनु भयो । “कहिलेकाँही हामीलाई लाग्न सक्छ । सरकार र निजी क्षेत्र फरक हो । तर हामी एउटै डुङ्गाका सारथी हौं । हामी साझा उद्देश्यका लागि काम गरिरहेका छौ । मिलेर काम गर्दा नै परिणाम निकाल्न सकिन्छ । ” उहाँले भन्नु भयो ।

पछिल्लो समय सरकारले निजी क्षेत्रका सुझावलाई सम्बोधन गर्दै लगानी मैत्री वातावरण निर्माण तथा अर्थतन्त्र चलायान बनाउन नीतिगत सुधार गरेको उल्लेख गर्दै ती नीतिगत सुधारसंगै त्यसका परिणामहरु देखिन थालेको अध्यक्ष ढकालले बताउनु भयो ।

सोही अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकालले उद्योग व्यवसायको प्रवद्र्धन पनि हुने र राजस्व पनि बढ्ने ढंगले बजेट ल्याउनु पर्ने बताउनु भयो । यस्तै उहाँले व्यवसाय सञ्चालनका लागि प्रक्रियागत सहजिकरणका लागि पनि सुझाव दिनुभयो ।

महासंघका केन्द्रीय सदस्य तथा कर तथा राजस्व समितिका सभापति अम्बिका प्रसाद पौडेलको सभापतित्वमा भएको छलफलमा उद्योगी व्यवसायीहरुले आगामी बजेटमा सरकारले केवल राजस्व संकलनमा मात्रै जोड नदिई देशमा उद्योग व्यवसाय प्रवद्र्धन हुने ढंगले बजेट तथा नीतिहरु तर्जुमा गर्न, उच्च एवम् दिगो आर्थिक बृद्धि, उर्जा, पूर्वाधार विकास, पर्यटन लगायतका विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।

सो अवसरमा आन्तरिक राजस्व विभागका निर्देशक कपिल सुवेदीले बजेटका विषयमा आधार र पुस्ट्याईं सहितका सुझाव आएमा कार्यान्वयनमा जान सहज हुने बताउनु भयो ।

यस्तै भन्सार विभागका निर्देशक सुशिल शर्माले सरकारलाई समेत राजस्वको चाप परेको उल्लेख गर्दै बजेटमा निजी क्षेत्रका सुझावलाई समेट्ने प्रयास गरिने बताउनु भयो ।