५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइईलाई मर्यादित बनाउन मन्त्री भट्टराईको निर्देशन



अ+ अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज ‘भर्चुअल’ माध्यमबाट मधेस प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखसँगको बैठकमा उहाँले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई जवाफदेही ढङ्गले सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखसमेत जिम्मेवार हुनुपर्ने बताउनुभयो । “परीक्षाको गुणस्तर कायम राख्न र अन्य अवाञ्छीत क्रियाकलापलाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको छ । सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध छ । परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायको सहयोगको आवश्यक छ”, उहाँले भन्नुभयो ।

यस वर्षको एसइई परीक्षा यही चैत ७ देखि १९ गतेसम्म देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुँदैछ । परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएका छन् । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी र अन्य पाठ्यक्रमका विषयको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी दुई दिनमा ऐच्छिक विषयको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।रासस