८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले गोली चलायो, एक जना घाईते



अ+ अ-

धनुषा । सबैला नगरपालिकामा चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली चलाएको छ ।

सोमबार नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर सहिद नगरपालिका-१ कुम्भकरणका २० वर्षीय सन्तोष यादव घाइते भएका छन् । कम्मरमुनी गोली लागेका यादवको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

चोकको नामाकरणका विषयमा भएको विवादले उग्ररुप लिएपछि भीड नियन्त्रणमा लिन गोली चलाउनुपरेको डीएसपी सिंहले बताए ।

भठिहनस्थित चोकमा केही दिन अघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको थियो । आइतवार पनि दुई पक्षबीच झडप हुँदा प्रहरीले आश्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिएको थियो ।