८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने

ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको बताउनुभएको छ ।

अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि वासिङ्टनले तीन वर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए।

“मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौँ,”ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भन्नुभयो ।

“मलाई लाग्छ, युक्रेन र रूस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलो पटक यसको बारेमा कुरा गर्दैछौँ र केहि जमिनहरूमाथिको दावीबारे टुङ्गो लगाउने बिषयमा छलफल गर्दैछौँ।

वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिनुभएको छैन । बरु शर्तहरूको एक शृङ्खला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाउनुभएको छ ।

केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँगको कुराकानीमा भन्नुभएको छ, “दुई राष्ट्रपतिबीच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ ।”

उहाँले भन्नुभयो, “सायद, ट्रम्पले वास्तवमै आगामी हप्ताहरूमा कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गर्नुभएको छ र यो आवश्यक मुद्दा हो भन्ने मेरो पनि विश्वास हो।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका समय ट्रम्प र पुटिनबीच वार्ता हुनेछ । कुनै पनि युद्धविराममा सहमत हुनुअघि मस्कोले पहिले ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार्न’ चाहेको जेलेन्स्कीले बताउनुभएको छ ।

 रूबियो, लाभरोभ वार्ता 

यसअघि मस्कोले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना रुसी समकक्षी सर्गेइ लाभरोभलाई गत महिना साउदी अरबमा भएको अमेरिका–रुस शिखर सम्मेलनमा भएका ‘समझदारी कार्यान्वयनका ठोस पक्ष’ बारे छलफल गर्न फोनमार्फत् कुराकानी भएको बताएको थियो ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण सुरु गरेयता अमेरिका र रुसबीच फेब्रुअरीमा भएको रियाद सम्मेलन पहिलो उच्चस्तरीय बैठक थियो । बैठकपछि ‘विदेशमन्त्री लाभरोभ र उहाँका अमेरिकी समकक्षी रुबियोबीच सम्पर्कमा रहने सहमति भएका’ रुसी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले शनिबार दुवै पक्षले युक्रेनका विषयमा ‘आगामी कदमबारे छलफल’ गरेको र संयुक्त राज्य अमेरिका र रुसबीच सञ्चार पुनस्र्थापनाका लागि काम जारी राख्न सहमत भएको बताएका छन्।

बेलायतले युक्रेनबारे भर्चुअल शिखर सम्मेलन आयोजना गरेको केही घण्टापछि लाभरोभ–रुबियोबीच कुराकानी भएको थियो, जसमा प्रधानमन्त्री केइर स्टार्मरले पुटिनले युद्धविरामलाई अघि बढाउन नचाहेको र यो वा त्यो बहानामा समय खेर फाल्ने काम गरिरहेको बताउनुभएको थियो ।

“रुसले वार्ता गर्ने त भनेको छ वार्ताका लागि उसको पहल पर्याप्त छैन”, स्टार्मरले भन्नुभयो, “युक्रेनमाथि हुने रुसी बर्बर आक्रमणलाई सदाका लागि रोक्नुपर्छ।”

आइतबार किएभले मस्कोले युक्रेनका नौ वटा क्षेत्रमा इरानमा निर्मित ९० वटा शाहेद ड्रोन प्रक्षेपण गरेको बताएको थियो ।

यसै साताको सुरुमा युद्धविरामबारे प्रतिक्रिया व्यक्त गर्दै पुटिनले यो पहलले मुख्यतः युक्रेनलाई फाइदा पुग्ने भन्दै वार्ता पहलमाथि ‘गम्भीर प्रश्न’ उठाउनुभएको थियो ।

युक्रेनको दक्षिणी र पूर्वी भूभागमा कब्जा जमाएको रूसले युद्ध मोर्चाका केही क्षेत्रमा गति लिइरहेका बेला यो प्रस्ताव आएको उहाँको दावी थियो ।

रुसले आफ्नो कुर्स्क क्षेत्रको केही भागबाट युक्रेनी सेनालाई पछि धकेलेको छ । उक्त क्षेत्र किएभका लागि भविष्यमा हुने कुनै पनि वार्तामा सम्भावित ‘बार्गेनिङ’ शक्तिका रूपमा रहने युक्रनको विश्वास रहेको छ ।

पुटिनले मस्कोको चासोका विषयमा ट्रम्पसँग फोनवार्तामा छलफल गर्न चाहेको आइतबार बताउनुभएको थियो ।