१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महानिरीक्षक कुँवर आजदेखि घर जाँदै, को बन्ला नयाँ आईजीपी ?



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर आजदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । कुँवरसहितका ९ जना उच्च अधिकारीहरु आजदेखि अवकाशमा जान लागेका हुन् । तर सरकारले अहिलेसम्म नयाँ आईजीपी कसलाई बनाउने भन्ने टुंगो लगाएको छैन ।

आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण चैत ५ देखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् ।

कुँवरसँगै अनिवार्य अवकाश पाउने एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन्। त्यसैगरी अवकाश पाउने डीआईजीहरुमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।

मन्त्रिपरिषदको आज बस्ने बैठकले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेको छ ।

आईजीपीमा एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् । उनीहरुमध्येबाट एक जना नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।

साथै सरकारले रिक्त एआईजी र डीआइजी पदमा केहीलाई बढुवा गर्ने तयारी गरेको छ ।