२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेका प्रमुख कार्यकारी अधिकृतका लागि प्रारम्भिक सूचीमा छनोट पाँच जनालाई अन्तरर्वातामा बोलाइयो



अ+ अ-

काठमाडौं ।सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि छनोटमा परेकाहरुलाई अन्तर्वाताका लागि बोलाएको छ ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले संक्षिप्त सूचीमा छनोट भएका आवेदकहरुलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताका लागि आगामी आगामी बुधबार बोलाएको हो ।

पहिलो चरणको छनोटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुल र हेमन्त बस्याल छन् । उनीहरुलाई चैत ६ गते बुधबार आफ्नो प्रस्तुती र अन्तर्वाताका लागि अर्थ मन्त्रालयमा बोलाइएको छ ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्ूपर्धाद्वारा पदपूर्ति गर्नका लाग गत फागुन १२ र १८ गते सूचना प्रकाशित गरेर आवेदन माग गरेको थियो । आदेकहरुको शैक्षिक योग्यता र व्यवसायिक कार्ययोजनाको मूलंकन गर्दा सबैभन्द्या बढी अंक प्राप्त गर्ने पाँच जनालाई संक्षिप्त सूचीमा छनोट गएिरएको हो ।