५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थी सुप्रियाले पाइन् टोकियो सिटी युनिभर्सिटीबाट अवार्ड



अ+ अ-

काठमाडौं । टोकियो सिटी युनिभर्सिटीमा अध्ययनरत नेपाली छात्रा सुप्रिया खड्काले त्यस विश्वविद्यालयको प्रतिष्ठित “प्रेसिडेन्ट अवार्ड” प्राप्त गर्नु भएको छ ।

उहाँ सहित अरु चार जना जापानी विद्यार्थी पनि यो अवार्डबाट सम्मानित भएका थिए । विश्वविद्यालयले हालै आयोजना गरेको एक कार्यक्रममा पुरस्कृत सबै विद्यार्थीलाई अवार्ड प्रदान गरिएको थियो ।

सुप्रिया खड्काले सन् २०२४ मा अनुसन्धानात्मक लेखहरु प्रकाशन गरेवापत यो पुरस्कार प्राप्त गर्नु भएको हो । विश्वविद्यालयको मूल्याँकन समितिले कूल १३ वटा अनुसन्धानात्मक लेखहरुलाई मूल्याँकन गरी सुप्रियालाई प्रेसिडेन्ट अवार्डका लागि मनोनयन गरेको थियो ।

अवार्ड जितेपछि उहाँले एक जापानी अनलाइनलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभएको छ, “एक वर्षको अवधिमा विद्यार्थीहरुले प्रकाशन गरेका अनुसन्धानात्मक लेखहरुको मूल्याँकनका आधारमा यो पुरस्कार दिइन्छ । मेरो रिसर्च पेपरको मूल्याँकनका आधारमा विश्वविद्यालयले मलाई पुरस्कृत गरेको हो, म निकै खुसी छु ।”

सुप्रियाले तापक्रम, आद्रता, वायुप्रवाहका कारण सिर्जना हुने थर्मल वातावरण समेतका हिटिङसँग सम्बन्धित विषयमा अनुसन्धान गरेर जर्नलहरुमा लेख प्रकाशन गर्नुभएको छ ।

आफू पुरस्कृत हुनुमा परिवारको हौसला र विश्वविद्यालयका प्रोफेसरहरुबाट प्राप्त उत्प्रेरणा नै मुख्य रहेको पनि उहाँले बताउनुभयो । सुप्रिया अहिले विद्यावारिधि तहमा अध्ययनरत हुनुहुन्छ ।

जापानी विश्वविद्यालयहरुमा अहिले निकै ठूलो संख्यामा नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।