८ भाद्र २०८३, सोमबार
,
Latest
बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तिराम उपाध्याय स्मृतिग्रन्थ लोकार्पण



अ+ अ-

काठमाडौं । बालशिक्षा माध्यमिक विद्यालय,मच्छी, प्यूठानका पूर्व विद्यार्थी समाजद्वारा प्रकाशित भक्तिराम उपाध्याय स्मृतिग्रन्थको लोकार्पण गरिएको छ ।स्मृतिग्रन्थको प्युठानबाट निर्वाचित एमालेका सांसद सूर्यबहादुर थापाले लोकार्पण गर्नुभयो ।

कार्यक्रममा सांसद थापाले पुस्तकले प्यूठानको बिर्सन लागेको ईतिहासलाई जिवन्त बनाएको बताउनु भयो । उहाँले भॅुईमान्छेको सामाजिक भुमिकालाई अभिलेखबद्द गर्ने नयॅा सॅस्कृतिको थालनी गरेको भन्दै प्रकाशकलाई धन्यबाद व्यक्त गर्नुभयो ।

उहाँले  सामाजिक संञ्जालमा राखिने सामग्रीहरु नागरिकको निगरानीमा रहने हुँदा यसका प्रयोगकर्ताहरु जिम्मेवार हुनु पर्ने बताउनु भएकाको छ । सांसद थापाले भन्नुभयो “सामाजिक संञ्जालले सामाजिक सम्बन्धहरु तोड्न भन्दा पनि जोड्ने बाटोमा लाग्नु पर्छ ।’

सांसद थापाले भूमण्डलीकरण यो समयमा अबसरका लागि एक स्थानबाट अर्को स्थानमा जानुलाई स्वभाबिक रुपमा लिनु पर्ने जनाउदै तर ईतिहासको बिरासत भने जोगाउनु पर्ने बताउनु भयो ।

कार्यक्रमका वक्ताहरूले स्वर्गीय भक्तिराम उपाध्यायको योगदानको स्मरण गर्दै उहाँले प्यूठानको शिक्षा र भौतिक बिकासको क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा पूर्व प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञावली, पूर्व मुख्य सचिब लिलामणी पौडेल ,कुटनीतिज्ञ दिनेश भट्टराई , पूर्व महान्ययाधीवक्ता दिनमणी पोखरेलले स्मृतिग्रन्थमा भुईमान्छेका कुरा समेटिएको उल्लेख गर्दे स्व. उपाध्यायको योगदानलाई भावी पुस्ताले अनुकरण गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष, विद्यालयका शिक्षकहरू, स्थानीय समाजसेवी, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए।

उक्त स्मृतिग्रन्थमा भक्तिराम उपाध्यायको जीवन, योगदान, शिक्षाक्षेत्रमा उहाँको भूमिकालगायत ९८ वटा विविध लेख, संस्मरण समावेश गरिएको छ।

 

 




भर्खरै