६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए अमेरिकाले ‘के म नेपाली हैन र ?’ कविता प्रतियोगिता गर्ने



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, नेपाली भाषा साहित्य समितिले कविता प्रतियोगिता गर्ने भएको छ । त्यसका लागि समितिले कविता पठाएर प्रतियोगिता सहभागी हुन आह्वान गरेको छ ।

समितिका अध्यक्ष साहित्यकार राजेन्द्रप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै कविता प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले सन् २०२५ मार्च ३१ अर्थात् २०८१ साल चैत १८ गतेसम्ममा कविता पठाउन आह्वान गर्नुभएको हो ।

विश्वभर छरिएर रहेका नेपाली भाषी कविहरूकाबिच ’के म नेपाली हैन र ?’ भन्ने शीर्षकमा कविता प्रतियोगिताको आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

कविता प्रतियोगिताका विजेतालाई ६ सय, दोस्रो हुनेलाई ४ सय र तेस्रो हुनेलाई ३ सय डलर पुरस्कार दिइने भएको छ । त्यसैगरी तीन जनालाई एक सय डलरका दरले सान्त्वना पुरस्कारको व्यवस्था गरिएको समितिले जनाएको छ ।