८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राइसिना डाइलगः नेपालको सहभागिताबारे भ्रम र यथार्थ

राइसिना डाइलगः नेपालको सहभागिताबारे भ्रम र यथार्थ
अ अ+ अ-

काठमाडौँ: भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा ‘राइसिना डायलग’ कार्यक्रमको आयोजना गरेको छ ।

सो डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरुको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ । सो कार्यक्रमको उदघाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले गर्ने कार्यक्रम आयोजक संस्थाले वेभसाइटमा राखेको छ ।

विश्वका करिब ३० देशका प्रायः विदेशमन्त्री सहभागी हुने यस कार्यक्रममा नेपालका तर्फबाट पनि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहभागी हुने छिन् । सन् २०१६ देखि भारतले यो कार्यक्रममा नेपाललाई पनि आमन्त्रण गर्न थालेपछि पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतदेखि अहिलेसम्म नै प्रायः परराष्ट्रमन्त्री सो कार्यक्रममा सहभागी भएका छन् ।

सो कार्यक्रममा सहभागी हुन् भारतको विदेश मन्त्रालयको आमन्त्रणमा परराष्ट्रमन्त्री डा राणा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । यसअघि उनले आफ्नो निजी तथा धार्मिक भ्रमणका क्रममा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी हिजो दिल्ली पुगेकी हुन् ।

उनलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए । विदेश मन्त्रालयकै आमन्त्रण भएकाले मन्त्री डा राणालाई स्वागतका लागि विमानस्थलमा नै अतिरिक्त विदेश सचिव पुगेका थिए ।

यस कार्यक्रमलाई मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने तथा यसै कार्यक्रमका दौरानमा उहाँले आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । त्यसबाहेक पनि कतिपय अन्य मित्रराष्ट्रका समकक्षीहरुसँग समेत द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बिहीबार नै नयाँ दिल्लीस्थित नेपाली दूताबासले सार्वजनिक गरि नै सकेको छ ।

तर यो वास्तविकता भन्दा पर अहिले कतिपय व्यक्तिले परराष्ट्र मन्त्रीलाई सो कार्यक्रममा सम्बोधन गर्न दिने नदिने कुनै स्पष्ट नभएको तथा आयोजक संस्थाले सो कार्यक्रममा आमन्त्रितहरुको तस्बिर वेभसाइटमा राख्दा मन्त्री डा राणाको नराखेको भन्ने जस्ता विषय सामाजिक सञ्जालमा लेखिरहेको प्रति उहाँको सचिवालयले आपत्ति जनाएको छ ।

मन्त्री डा राणाका प्रेस सल्लाहकार एकराज पाठकलाई यस विषयमा सोध्दा भन्नुभयो‐ खोइ सामाजिक सञ्जालमा कसले के लेखेको छ थाहा भएन तर मन्त्रीजीले सो कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै यसै कार्यक्रमका दौरानमा भारतीय विदेशमन्त्री डा एस जयशंकर र अन्य मित्रराष्ट्रका विदेशमन्त्रीहरुसँग पनि उहाँको द्विपक्षीय भेटवार्ताको कार्यक्रम तय भएको छ ।

सल्लाहकार पाठकले भन्नुभयो ‐ उक्त कार्यक्रमको आयोजक ओरआएफले कार्यक्रममा सहभागीहरु विदेशी केहीको नाम र तस्बिर अपडेट गरेको भए पनि मन्त्रीहरुको चाहिँ राखेको देखिँदैन । मलाई लाग्छ, कार्यक्रम उदघाटन १७ मार्चमा मात्र हुनेहो, समय छ, उनीहरु वेभसाइट अपडेट गर्दै होलान् ।

तर सामाजिक सञ्जालमा भने मन्त्रीको नाम सो वेभसाइटमा नरहेकाले नेपाललाई के कस्तो हैसियतको सम्बोधनको अवसर दिइने हो भन्ने प्रश्न गर्ने गरिएको छ । तर बिहीबार नयाँ दिल्लीस्थित नेपाली दूताबासले सार्वजनिक गरेको कार्यतालिकामा मन्त्री डा राणाले जलवायु परिवर्तनको अवस्था र समस्या तथा वर्तमान अवस्थामा दक्षिण एसिया के चाहन्छ शीर्षकका अलग अलग सेसनमा सम्बोधन गर्ने कार्यक्रम रहेको सार्वजनिक गरेको थियो ।

यस विषयमा प्रश्न गर्दा परराष्ट्र मन्त्रालयका एक सहसचिवले भने‐ यो कुनै समाचारको विषय नै होइन । नेपाल यो डायलगमा विगतमा जे जसरी सहभागी हुदै आएको छ, त्यसैगरी यसपालि पनि मन्त्रीजी सहभागी हुनुहुन्छ । यस विषयमा प्रश्न गरिरहनु आवश्यक छैन ।

उनले प्रतिप्रश्न गरे‐ परराष्ट्र मन्त्रीजीलाई विमानस्थलमा रिसिभ गर्न भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव नै आएबाट यहाँले के बुझ्नुभयो ? उनको आसय थियो विदेशसचिव नै मन्त्री डा राणालाई रिसिभ गर्न एयरपोर्ट आउनुलाई उहाँको यो भ्रमणको महत्व दिएको रुपमा बुझ्नुपर्छ । साथै विदेशमन्त्री डा जयशंकरसँग पनि मन्त्री डा राणाको द्विपक्षीय भेटवार्ता तय भएकाले पनि यो भ्रमणको महत्व रहेको उनको आसय थियो ।