२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासाको स्पेसएक्स मिशन: अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कँदै



अ+ अ-

एजेन्सी । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले शुक्रबार एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।

यो मिसन पहिले फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार पूर्वी समय अनुसार साँझ ७ः४८ बजे स्पेसएक्स फाल्कन ९ रकेटबाट प्रक्षेपण गर्ने तालिका थियो तर फाल्कन ९ रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रविधिको समस्याका कारण प्रक्षेपण रद्द गरिएको नासाले जनाएको छ।

नासाका अनुसार, मिसन प्रबन्धकहरूले बुधबार साँझ भेट गर्नुभयो र अन्तरिक्ष यानको उडान मार्गमा उच्च हावा र वर्षाको पूर्वानुमानका कारण प्रक्षेपण प्रयास बिहीबार स्थगित गर्ने निर्णय गरे ।

यो मिसनले चार अन्तरिक्ष यात्रीहरूलाई आइएसएसमा लैजानेछ । गत जुनदेखि अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री सुनी विलियम्स र बुच विल्मोर सहित चार अन्तरिक्ष यात्रीहरूलाई फाल्कनले पृथ्वीमा ल्याउनेछ ।