२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको बैठकमा १५ गते वृहत् जनसभा गर्नेबारे छलफल



अ+ अ-

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने भएको छ ।

आज बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

उनले भने, ‘१५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउने । हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ ।

यस्तै, उनले बैठकमा संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल गर्ने निर्णय भएको बताए । साथै, उनले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको बतााए ।

यसबारे दिउँसो साढे २ बजे पत्रकार सम्मेलनमार्फत् जनतालाई अपिल गर्ने मोर्चाको तयारी छ ।