८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
अ अ+ अ-

काठमाडौं । वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । भारतको आसाममा गएराति १० बजेर १० मिनेटमा उहाँको निधन भएको हो ।

क्षेत्रीको निधनबारे जानकारी गराउदै स्थानीय साहित्यकार तथा प्राध्यापक खगेन शर्माले सामाजिक संञ्जालमा लेख्नु भएको छ- १ मार्च १९३३ मा जन्मनु भएको नेपाली साहित्यका नक्षत्र पद्मश्री लीलबहादुर क्षेत्री सरको १३ मार्च २०२५ राति १०(१० बजे महाप्रस्थान भएको सबैलाई थाहा भइसक्यो होला। नेपाली साहित्यको एउटा धुरी खाँबो ढल्यो। आसाम शोकमा परेको छ।

नेपाली साहित्यमा लीलबहादुर छेत्रीको स्थान महत्वपूर्ण छ । उहाँ एक सफल उपन्यासकार, कथाकार, निबन्धका हुनुहुन्थ्यो । उहाँको पहिलो रचना सन् १९४९ मा शालाङको एउटा वाणी प्रिन्टिङ प्रेसबाट प्रकाशित भएको थियो । हालसम्म उहाँका प्रकाशित पुस्तकहरूमा बसाईं (१९५७), अतृप्त (१९६८), ब्रह्मपुत्रका छेउछाउ (१९८६), प्रतिध्वनि विस्मृतिका (२००४) जस्ता उपन्यास छन् । उहाँका तीन दशक बिस अभिव्यक्ति (१९८३), लीलबहादुर छेत्रीका कथाहरू (१९९७) र कहिल्यै नफुक्ने गाँठो (२०१३) गरी तीन वटा कथासङ्ग्रह प्रकाशित छन् ।

उहाँको जन्म सन् १९३३ मार्च १ मा गौहाटीमा भएको हो । उहाँले आफ्नो प्राथमिक शिक्षा शिलाङबाट गर्नुभएको थियो । स्नातक भने गौहाटीको प्रसिद्ध कटन कलेजबाट अर्थशास्त्र अनर्स विषय लिएर सन् १९५६ मा गर्नुभएको थियो । त्यसपछि गौहाटी विश्वविद्यालयबाट सन् १९५८ मा अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन समाप्त गर्नुभएको थियो ।

आफ्नो सरकारी सेवाका क्रममा उनले सन् १९५९ देखि २१९६७ सम्म आकाशवाणी गौहाटीमा नेपाली कार्यक्रम परिचालन गरेका थिए । त्यसबिचमा उनले सन् १९६२ देखि नै आर्य विद्यापीठ भन्ने महाविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापकको नियुक्ति पाउनुभएको थियो । उाँले गौहाटीको आखाशनवाणी केन्द्रको उक्त सेवालाई छोडेर महाविद्यालयमा नै पूर्णकालीक सेवा प्रदान गरिरहे । उनले त्यहाँ लगभग बत्तीस वर्ष जति प्राध्यापन गरेर सन् १९९४ मा सेवानिवृत्त हुनुभएको थियो ।

लीलबहादुर छेत्री असामका विभिन्न साहित्यिक संस्थासित सक्रिय रूपमा संलग्न हुनुहुन्थ्यो । उहाँलाई हाम्रो ध्वनि पत्रिकाको सर्वेक्षणअनुसार असमका नेपाली लेखकहरूबिचमा शताब्दी पुरुष भन्ने उपाधि पनि प्रदान गरिएको थियो । उहाँले दियालो पुरस्कार, भानुभक्त पुरस्कार पश्चिम बङ्गाल सरकार (१९८५), साहित्य अकादमी पुरस्कार, नयाँ दिल्ली, १९९७, वेदनिधि पुरस्कार, काठमाडौँ, अगम स्मृति पुरस्कार, सिक्किम, अभिजमान स्मृति, कुवैत, नइ–देरूनिख अन्तर्राष्ट्रिय पुरस्र, हरिभक्त कटुवाल स्मृति पुरस्कार, पद्म प्रसाद ढुङ्गाना, पुरस्कार, देवकोटा शतवार्षिकी भानुजयन्ती समारोहलगायतका पुरस्कार प्राप्त गर्नुभएको छ । यसबाहेक उहाँलाई द्विशतकीय भानुजयन्ती समारोह, काठमाडौँ, भानु प्रतिष्ठानद्वारा रथारोहन सम्मान, बग्गीमा नगर परिक्रमा आदिद्वारा सम्मानित पनि गरिएको थियो ।